

आज बागमतीमा भारी वर्षाको सम्भावना ,सचेत रहन आग्रह
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ। कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ। ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
समाज
थप सामाग्री-
आचार्यको ‘आरोह अवरोह’ विमोचन
-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२१ घण्टा अगाडि
1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…



