

तराईमा खानेपानी र सिँचाइको समस्याको पहिचान गर्न सिडिओहरूलाई निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराईका जिल्लाहरूमा खानेपानी र सिँचाइको समस्याको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
शनिवार सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
तराई क्षेत्रमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएको छ । यसै सन्दर्भमा गृहमन्त्री लेखकले तराईका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफलमा उनले समस्याग्रस्त स्थानहरूको पहिचान गरी सरकारलाई विवरण उपलब्ध गराउन र वैकल्पिक स्रोतहरूको खोजी तथा वैज्ञानिक वितरणको व्यवस्था मिलाउन जोड दिए ।
‘खानेपानी र सिँचाइको समस्या भएका ठाउँहरूको पहिचान गर्नुहोस् । हाल पहिचान भएका स्थानहरूको विवरणसहित थप ठाउँहरूको पनि सूची तयार पार्नुहोस्। वैकल्पिक स्रोतहरूको खोजी र व्यवस्थित वितरणको प्रबन्ध गर्नुहोस्,’ गृहमन्त्री लेखकले भने ।
यसैबीच, शुक्रवार प्रधानमन्त्रीले बोरिङमार्फत पानी आपूर्तिको घोषणा गरेका थिए । सोही अनुसार गृहमन्त्रीले आवश्यक ठाउँहरूको पहिचान छिटो गर्न र प्राथमिकताका आधारमा डिप बोरिङ ट्युबवेल जडानको प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
आवश्यकताको प्राथमिकीकरण गरी छिटो र प्रभावकारी रूपमा डिप बोरिङ जडानको काममा ध्यान दिन उनले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



