

सशस्त्रका धनुषाका घुमुवा तानिए

8.4kViews
234
Shares
काठमाडाैँ । सशस्त्र प्रहरी बल मुख्यालयले बेला बेलामा घुमुवा अपरेसन गरिरहेको हुन्छ । राजु अर्यालले संगठन प्रमुख भएपछि तराईका जिल्लामा परिचालित सयौं घुमुवाको अपरेसन चलाएका छन् ।
वर्षौं देखि तराईका जिल्लामा घुमुवा भएर असुली धन्दा चलाएका घुमुवाहरू प्रदेश कटान गर्ने गरी लखेटिएका थिए । तर अहिले फेरि धेरैजसो घुमुवा तराईका जिल्लामा आइसकेका छन् । कतिपय फेरि घुमुवा भएर असुलीमा सक्रिय भइसकेका छन् । कतिपय प्रहरी महानिरीक्षकको सचिवालयबाट भन्दै परिचालित छन् ।
यसरी परिचालितले रकम दिनेको सामान पक्राउ नगर्ने, स्थानीय सशस्त्र प्रहरी पनि मिलाइदिने र रकम नदिनेको छापा हान्ने जस्ता धन्दा पनि गरेका छन् । जुन कुरा धेरै सञ्चार माध्यमहरूमा आइसकेको छ । अहिले पनि यो धन्दा मधेस प्रदेशमा यथावत देखिएको छ ।
सशस्त्र प्रहरी बल धनुषा स्थित ८ नम्बर गणका एसपी निर्मल खड्काले मुख्यालयको नीति विपरीत घुमुवा परिचालन गरेको र ती घुमुवा आर्थिक संकलनमा लागेको भन्ने उजुरी परेपछि मुख्यालयले एसपी खड्काले परिचालन गरेका घुमुवाहरू मनोज यादव र अजय मण्डललाई छानबिनका लागि मुख्यालय तानेको छ । उनीहरूमाथि छानबिन भैरहेको थाहा भएको छ ।
त्यसैगरी महिनाथपुर स्थित प्रस्तावित गुल्मका डिएसपी सिताराम पौडेलले परिचालन गरेका घुमुवा धनन्जय यादवलाई पनि सशस्त्र मुख्यालयले छानबिनका लागि तानेको छ । यी घुमुवाहरूलाई छानबिनका लागि तानेको एक हप्ता मात्रै भएको छ ।
यति हुँदैहुँदा पनि एसपी निर्मल खड्काले फेरि लोक बहादुर कार्की नाम गरेका घुमुवा परिचालन गरेका छन् । आफ्ना दुई जना घुमुवा मुख्यालयले छानबिनका लागि तानेपछि पनि फेरि लोक बहादुर कार्कीलाई एसपी खड्काले घुमुवाको रूपमा परिचालन गरेका छन् । अब मुख्यालयले अर्को घुमुवा लोक बहादुर कार्कीलाई पनि छानबिनका लागि तान्छ कि तान्दैन, हेर्न बाँकी नै छ । एसपी खड्का यसअघि पर्सामा डिएसपी हुँदा पनि धेरै बदनाम भएका थिए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
-
लगातारको वर्षाले कर्णाली राजमार्ग पुनः अवरुद्ध, रातिमाटामा सडक भासियो
-
बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा
-
बहुआयामिक चुनौतीका बीच कर्तव्यपथमा अडिग नेपाल प्रहरी
थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो
१ दिन अगाडि
800Views 15 Shares Share on Facebook Share on Twitter गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने…





