

ऋद्धीसिद्धीमा छापा, खातापाता र कम्प्यूटर राजश्वको नियन्त्रणमा
काठमाडौं । सुन व्यवसायी बीच विवादास्पद मानिने न्यूरोडस्थित ऋद्धीसिद्धी ज्वेलर्समा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । खरिद-विक्री विवरण चुस्त-दुरुस्त नराखेको र राजश्व चुहावट गरेको आशंकामा ऋद्धीसिद्धी ज्वेलर्समा छापा मारिएको राजश्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ । ऋद्धीसिद्धीका सञ्चालक नरेन्द्र गुप्ता आफ्नै क्रियाकलापका कारण सुन व्यवसायीबीच विवादास्पद मानिन्छन् ।
विगतदेखि नै सेटिङ्ग मिलाएर तस्करीको सुन सस्तो मुल्यमा खरिद गर्दै बजार भाउ बिगार्दै जर्ती नलाग्ने भन्दै आफूखुसी मुल्य तोकेको आरोप ऋद्धीसीद्धीमाथि स्वयम् सुन व्यवसायीले नै लगाउँदै आएका थिए । ऋद्धीसीद्धीले बजार भाउ बिगारेर गरिरहेको कारोवारमा सुनको खरिदभन्दा सुनका गहना विक्रीको परिमाण बिसौं गुना बढी देखिँदा पनि सम्वन्धित पक्षले त्यसबेला कारवाही गर्न नसकेको भन्दै ऋद्धीसिद्धीका विरुद्ध प्रदर्शनीमै उत्रेका व्यवसायीले राजश्व अनुसन्धान विभाग, कर कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआईवी), उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतमा लिखित उजुरी नै गरेको अवस्था थियो । रत्न तथा आभूषण महासंघको उपाध्यक्ष पदबाट नरेन्द्र गुप्तालाई बाट कारवाही गर्दै साधारण सदस्यबाट समेत निष्कासित गर्दै ऋद्धीसिद्धी ज्वेलर्सलाई सदस्यताबाट हटाएको थियो ।
त्यसैबेलादेखि विभिन्न निकायको नजरमा परिरहेको ऋद्धीसिद्धीको गहना कारखानामा यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा हानेर केही गहना, काँचो सुन र नगद कब्जामा लिएको भएता पनि अनुसन्धानका नाममा सेटिङ्ग मिलाएर ऋद्धिसीद्धि ज्वेलर्सलाई सुटुक्क उन्मुक्ति दिइएको थियो । सञ्चालक नरेन्द्र गुप्ताले गर्ने अवैद्य कारोवारको धन्दा (सुन खरिद गर्ने, थन्क्याउने, रकम बुझाउने) त्यही गहना कारखानाबाट हुन्थ्यो ।
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
१ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



