नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिसविरुद्ध उजुरी

काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। बढुवामा छुटेका एसपी विमल बस्नेतले उजुरी गरेपछि बढुवा प्रक्रिया रोकिएको छ।

गत ५ साउनमा गृहसचिव गोकर्णमणि दुवाडी अध्यक्षताको बढुवा समितिले ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो। सिफारिस भएकाभन्दा आफू सिनियर भए पनि छुटाइएको भन्दै उनले उजुरी गरेका हुन्।

एसपी बस्नेत कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा अनियमिततामा संलग्न रहेकाले निलम्बनमा पर्नुका साथ बढुवा रोक्काको कारबाही भएको थियो। बढुवा रोक्काको अवधि सकिएपछि पनि छुटाइएको भन्दै उनले उजुरी दिएका हुन्।

प्रहरी नियमावलीअनुसार यसउपर लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने उजुरी सुन्ने समितिले यसमा सुनुवाइ गर्नेछ। जसमा मुख्यसचिव र कानुनसचिव सदस्य रहनेछन्। नम्बर गणना गर्दा नै नमिलेको अवस्थामा बाहेक यस्तो समितिलाई सिफारिस उल्टाउन सक्ने अधिकार छैन।

Facebook Comments Box
TOP
198 Shares