

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको स्वागत कार्यक्रम सम्पन्न
पोखरा। पोखराको दिपेन्द्र सिटी हलमा हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कक्षा ११ तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, विशेष अतिथि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र एन–पाब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईलगायतले विद्यार्थी र अभिभावकलाई शुभकामना दिएका थिए।
अतिथिहरूले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र गुणस्तरीय शिक्षाको महत्वबारे सन्देश दिँदै अभिभावकलाई उत्कृष्ट शिक्षालय रोजेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिनुका साथै विद्यार्थीबीच ट्यालेन्ट शो प्रतियोगिता समेत आयोजना गरिएको थियो।
सहायक क्याम्पस प्रमुख लिला पराजुली र विद्यार्थी प्रवेश यादवले सञ्चालन गरेको कार्यक्रमको समापन कलेजका अध्यक्ष चेतनाथ भण्डारीले गर्नुभयो।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





