

निजी विद्यालयका सञ्चालकहरुले आज देशभर प्रदर्शन गर्ने

काठमाडौं। निजी विद्यालय सञ्चालकहरूले सोमबार देशभर प्रदर्शन गर्ने भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका विद्यालय उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा घेराउको कार्यक्रम तय गरेका छन्।
बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधिसभा घेर्न जाने तयारी रहेको प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढुंगानाले जानकारी दिए । यस्तै बिहान ११ बजे नै सातै प्रदेशका प्रदेशसभा भवन अगाडि धर्ना दिने कार्यक्रम रहेको उनले बताए।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालक दोस्रो चरणको आन्दोलनमा जान लागेका हुन्।
प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था आन्दोलनमा होमिएका छन्।निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा निजी विद्यालय आन्दोलित बनेका हुन्।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





