निष्कासनको मारमा नेपाली

काठमाडौं । अमेरिकाको एक पुनरावेदन अदालतले आप्रवासीहरूको अस्थायी संरक्षित दर्जा (टीपीएस) खारेज गर्ने डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई सदर गरेपछि ६० हजार प्रवासी प्रभावित भएका छन् । तीमध्ये अधिकांश नेपाल र होण्डुरसका छन् ।
त्एक् कार्यक्रम अन्तर्गत, नेपालका ती नागरिकहरू जसले सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिका प्रवेश गरेका थिए वा सो समयमा अमेरिकामा रहेका थिए, तिनीहरूलाई अस्थायी रूपमा अमेरिका बस्ने, काम गर्ने र निष्कासनबाट जोगिने सुविधा प्रदान गरिएको थियो।नेपालमा स्थिति सुधार भइसकेको र त्एक् को आवश्यकता नरहेको जनाइएको छ। यो निर्णयसँगै अब त्एक् अन्तर्गत रहेका नेपाली नागरिकहरूले वैकल्पिक आप्रवासन विकल्पको खोजी गर्नुपर्नेछ वा स्वदेश फर्किनुपर्ने स्थिति आउन सक्छ।
नेपालको सन्दर्भमा अमेरिकाले २०७२ को भूकम्पपछि टिपिएस दिंदै आएको थियो । अमेरिकाको नवौं सर्किट अपील अदालतले टिपिएस सुविधा कायम राख्ने तल्लो अदालतको आदेशलाई रोक लगाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश गरेसँगै नेपालसँगै अन्य देशका ६० हजार प्रवासी प्रभावित हुने भएका छन् ।गत मे महिनामा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सूचना जारी गरेर टिपिएस सुविधा बन्द गर्ने निर्णय गरेको थियो। त्यसविरूद्ध रिट परेपछि अमेरिकी तल्लो अदालतले अगस्ट २ मा ट्रम्प प्रशासनको उक्त निर्णयमा अस्थायी रोक लगाएको थियो।नेपालबाट भूकम्पपछि पुगेका ७ हजारभन्दा बढी नेपालीले टीपीएस दर्जाबाट अमेरिकामा बसोबास गरिरहेका थिए । यो फैसलासँगै उनीहरू रोजगारी, स्वास्थ्य बीमा, र कानूनी बसाइ अधिकार गुमाउने जोखिममा परेको सीएनएनले जनाएको छ ।
टीपीएस को पूर्ण रूप त्झउयचबचथ एचयतभअतभम क्तबतगक हो। यो एक प्रकारको अस्थायी आप्रवासी सुरक्षा सुविधा हो जुन अमेरिकाले केही विशेष देशका नागरिकहरूलाई प्रदान गर्छ। यस्तो सुविधा त्यतिबेला दिइन्छ जब उनीहरूको मूल देश युद्ध, प्राकृतिक प्रकोप, वा अन्य असुरक्षित परिस्थितिहरूको कारणले फर्किन अयोग्य हुन्छ।
टीपीएसको उद्देश्य त्यस्ता आप्रवासीहरूलाई सुरक्षित रूपमा अमेरिका बस्न अनुमति दिनु हो, ताकि उनीहरूले केही समयका लागि काम गर्न र जीवन यापन गर्न सकून्। टीपीएस प्राप्त गरेका व्यक्तिहरूलाई अमेरिका भित्रै कानूनी रूपमा बसोबास गर्ने, काम गर्ने, र यात्राको अनुमति लिने अधिकार दिइन्छ। तर, यो स्थायी बसोबास (एभचmबलभलत च्भकष्मभलअथ) वा नागरिकता होइन।टीपीएसको मान्यता समय–समयमा नवीकरण गर्न सकिन्छ, तर यसको म्याद सकिएपछि सम्बन्धित व्यक्तिले अन्य वैध आप्रवासन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

Facebook Comments Box
TOP
102 Shares