खानेपानी मन्त्रीलाई ‘गोली ठोक्छु’ भन्दै धम्की दिने युवती पक्राउ

पर्सा । खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेकी युवती वीरगञ्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साह हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मन्त्री यादव र मेयर सिंहले पाएको धम्कीबारे उजुरी आएपछि उनलाई शनिबार नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार साहले फोनमा “गोली ठोकी हत्या गर्ने” धम्की दिएको अडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।सामान्य सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box
TOP
463 Shares