पर्साको सीमा नाकाबाट कुखुराका चल्ला तस्करी रोकिएन, गृहमन्त्रीकै निर्देशन बेवास्ता
वीरगंज, १७ भदौ।
गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा भइरहेको अवैध चोरीपैठारी तथा निकासी रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। तर, पर्साको आसवारी नाकाबाट भने कुखुराका चल्लाको तस्करी खुलेआम भइरहेका कारण गृहमन्त्रीको आदेशमै प्रश्न उठ्न थालेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय र तीनै सुरक्षा निकायलाई आपसी समन्वय गरी तस्करी नियन्त्रणमा कठोर कदम चाल्न निर्देशन दिएका थिए।
“राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच सहकार्य अपरिहार्य छ। दोषारोपण गरेर होइन, सहकार्य गरेर मात्र तस्करी नियन्त्रण सम्भव हुन्छ,” मन्त्री लेखकले बैठकमा भने।
तर, यता पर्साको आसवारी नाकाबाट हरेक रात ठूलो मात्रामा कुखुराका चल्ला भारतबाट नेपाल भित्र्याउने काम भइरहेको स्थानीय स्रोतको दाबी छ। भारतको खमिया र भलुवहिया क्षेत्रमा पिकअपबाट झारिएका चल्ला रातिको समयमा मोटरसाइकल र पैदल भरियामार्फत आसवारी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा आपूर्ति हुने गरेको खुलासा भएको छ।
स्थानीयवासीका अनुसार सशस्त्र प्रहरी बिओपी र नजिकैको नेपाल प्रहरी चौकीलाई नजराना दिएर तस्करी सहज रूपमा हुँदै आएको छ। यही कारणले पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू तस्करीका चल्लामै भर परेर सञ्चालन भइरहेका छन्।
“गृहमन्त्रीकै कडा निर्देशनपछि पनि आसवारी नाकाबाट तस्करी यथावत् रहनु सुरक्षा निकायको असफलता हो। आखिर कहिले रोकिँछ यो तस्करी, एसपी साहेब?” स्थानीय बासिन्दाले गुनासो गर्दै प्रश्न उठाएका छन्।
पर्सामा तैनाथ सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्ट तस्करी नियन्त्रणमा असफल भएको आरोपमा आलोचित बनेका छन्।
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



