

एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता भएको छ।सरकारी वकिलको कार्यालय काठमाडौंले आज महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।
महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएर सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यही दिन बयान दिएका थिए।बयान दिएसँगै उनी हाजिर जमानीमा छुटेका थिए।
अब महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।यस्तै महरले पनि ती महिलाविरूद्ध सोही कसुरमा जाहेरी दिएका थिए। भदौ ११ गते नै ती महिलाको पनि बयान लिएर हाजिर जमानीमा राखिएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





