

नेपालले आज ताजकिस्तानसँग खेल्ने

काठमाडौं। एफसी यु–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ।
सो छनोट प्रतियोगिता अन्तर्गत समूह ‘के’ को पूर्वसन्ध्यामा भएको प्रिम्याच पत्रकार सम्मेलनमा नेपालको यु–२३ टिमका प्रशिक्षक नवीन न्यौपानले पूर्ण रूपमा तयारीका साथ ताजकिस्तान आएको बताए। उनले भने ‘मेरो टिम जित्न तयार छ। यद्यपि अहिले भने हाम्रो ध्यान ताजकिस्तानविरुद्ध हुने खेलमा केन्द्रित छ।
नेपालले नेजकिस्तानविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्ने छ। त्यसपछि नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फलिपिन्ससँग खेल्ने छ।
प्रशिक्षक नवीनले यस प्रतियोगितामा रहेका सबै टिम सशक्त रहेको तर आफूहरू पनि दुई महिनाको तयारीसहित खेल्न आएको जानकारी दिए।
नेपाली टिममा राष्ट्रिय टिमका अनुभवी मिडफिल्डर आयुष घलान कप्तान छन्। अन्य खेलाडीमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी (गोलरक्षक)तथा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारू, सीमान्त थापा (डिफेन्डर) रहेका छन्। यसै गरी मिडफिल्डरमा आयुषसहित अभिषेक स्याङ्तान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहनुभएको छ। गोल गर्ने प्रमुख जिम्मेवारी फरवार्डद्वय रोहन खड्गी र नीराजन धामीमा हुने छ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





