

नेकमा कम्प्युटर इन्जिनियरिङसँगै इन्फरमेशन एण्ड कम्युनिकेशन पढ्न विद्यार्थीको आकर्षण
काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीहरुको अत्याधिक आकर्षण पाइएको छ । इन्जिनियरिङ विधामा पछिल्लो समय विद्यार्थीको प्रमुख रोजाईमा परेको कम्प्युटर इन्जिनियरिङको ९६ सिट मध्ये पोखरा विश्वविद्यालय अन्तरगतको छात्रवृत्तिको सिट वाहेक अन्य सिटमा विद्यार्थी भर्ना भइसकेका छन् । भने, आर्किटेक्चर विषयमा पनि विद्यार्थीहरुको अत्याधिक रुचि पाइएको छ ।
कलेजका भर्ना समिति संयोजक एशोसिएट प्रोफेसर रुपेश दही श्रेष्ठले कम्प्युटर इन्जिनियरिङको ९६ सिट मध्ये विश्वविद्यालयको छात्रवृत्ति कोटा वाहेक अन्य सिटमा विद्यार्थी भर्ना हुन आइसकेको जानकारी दिनुभयो । कलेजले गत साउन ३१ गते लिएको प्रवेश परीक्षा पास गरेका अधिकांश विद्यार्थीहरु भर्ना हुन आइरहेको जनाउँदै उहाँले नेपालमै अन्तराष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा प्राप्त गर्न सकिन्छ भन्नेमा विद्यार्थीहरु विस्वस्त रहेको जिकीर गर्नुभयो । ‘कम्प्युटर इन्जिनियरिङमा लगभग सबै सिट भरिइसक्यो, आर्किटेक्चरमा पनि सिमित सिटहरु बाँकी छ, सिभिल, सिभिल एण्ड रुरल, इन्फरमेशन एण्ड कम्युनिकेसन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा पनि विगतको भन्दा विद्यार्थीहरु बढेका छन् ।’ उहाँले भन्नुभयो ।
नेपालमा पछिल्लो समय व्यवसाय, उद्योग, उत्पादन तथा सेवा क्षेत्र र सूचना प्रविधि उद्योगहरूमा आइटी तथा कम्प्युटर इन्जिनियरहरूको माग बढेसँगै स्वदेशमै अध्ययन गरेर करिअर बनाउन चाहने विद्यार्थीको जमात पनि बढिरहेको छ । देशभित्र कम्प्युटर इन्जिनियरहरूको बढ्दो माग र अवसरलाई मध्य नजर गर्दै पोखरा विश्वविद्यालयले समेत आफ्नो पाठ्यक्रम समयसापेक्ष परिमार्जन गरेकोले स्वदेशमै अध्ययन गर्ने विद्यार्थीहरु बढेका हुन् ।
पछिल्लो समय सूचना र प्रविधि क्षेत्रमा भएको नविनतम विकासका क्रममा भित्रिएको एआई, मसिन लर्निङ, आइओटी, डेटा प्रणाली, प्रोगामिङ, नेटवर्किङ, इलेक्ट्रोनिक प्रणाली डिजाइन, टेलिकम्युनिकेशन, ब्रड कास्टिङ, एम्बेडेड सिस्टमलाई जोडेर तयार पारिएको इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ विधा प्रति पनि विद्यार्थीको चासो बढेको छ । प्राविधिक विशेषज्ञतासँगै व्यवहारिक सीपयुक्त शिक्षा हासिल गर्ने सोच विद्यार्थीहरुमा बढेको देखिन्छ ।
‘इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङ विषयमा सूचना प्रविधि क्षेत्रमा भएका नविनतम विकास र सीप बारे अध्ययन गर्न सकिन्छ । पोखरा विश्वविद्यालयले केही वर्षअघिमात्र आफ्ना कोर्षहरुलाई समयसापेक्ष पुर्नसम्पादन गरेकाले आजको युग अनुसारको शिक्षा नेपालमै प्राप्त गर्न सक्ने आधार बनेको छ ।’ कलेजका इन्फरमेशन एण्ड कम्युनिकेशन विभागका विभागीय प्रमुख एशोसिएट प्रोफेसर सचिन श्रेष्ठ बताउनु हुन्छ ।
इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ हार्डवेयर र सफ्टवेयर दुवै विषयलाई एकत्रित गरी तयार पारिएकोले यो विषय अध्ययन गर्नेहरुले सूचना र सञ्चार क्षेत्रमा ब्यापक अवसरहरु प्राप्त गर्न सक्छन् । ‘यो कार्यक्रमले इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङका आधारभूत सिद्धान्तहरूलाई एकत्रित गरेकोले विद्यार्थीलाई दुबै क्षेत्रको ज्ञान दिलाउँदै इन्फरमेशन एण्ड कम्युनिकेशन क्षेत्रमा करिअर बनाउने अवसर प्रदान गर्दछ । हार्डवेयर र सफ्टवेयरलाई जोड्ने पाठ्यक्रम भएकाले इलेक्ट्रोनिक प्रणाली डिजाइन, सूचना प्रविधि, प्रोग्रामिङ र नेटवर्किङ, मेशिन लर्निङ, इन्टरनेट अफ थिङ्स, डेटा प्रणाली जस्ता विषयको ज्ञान प्राप्त गर्न सकिन्छ ।’ विभागीय प्रमुख श्रेष्ठ भन्नुहुन्छ ।
इन्फरमेशन एण्ड कम्युनिकेशन अध्ययन गर्ने विद्यार्थीहरुले दूरसञ्चार, नेपाल टेलिकम, एनसेल जस्ता सूचना र प्रविधि क्षेत्रमा स्थापित ठूला कम्पनीहरुमा अवसर पाउन सक्छन् । यसका अलावा एम्बेडेड सिस्टम, सफ्टवेयर विकास तथा डेटा–आधारित नवप्रवर्तन जस्ता विभिन्न क्षेत्रमा आत्म निर्भर बन्न सक्छन् । इन्फरमेशन एण्ड कम्युनिकेशन विद्यार्थीलाई प्राविधिक रूपमा सक्षम मात्र नभई बदलिँदो डिजिटल परिवेशसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनेछ ।
यस्तै कलेजमा सञ्चालित सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा पनि विद्यार्थीहरु भर्ना हुन आइरहेका छन् । शहरी भिडभाड र कोलाहलबाट टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित यस कलेजले प्रत्येक वर्ष विभिन्न शिर्षकमा करिब १५ करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने भएकाले पनि इन्जिनियरिङ गर्ने विद्यार्थीको संख्या बढ्ने गरेको छ ।
त्यसो त, कलेजले स्थापना कालदेखि आजपर्यन्त गुणस्तरीय शिक्षामा जोड दिँदै आएकोले पनि विद्यार्थी तथा अभिभावकको विस्वास जित्न सफल भएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी बताउनु हुन्छ । ‘हाम्रो सबैभन्दा बलियो पक्ष भनेकै क्वालिटी एजुकेशन हो । वर्षौंदेखि प्राध्यापन क्षेत्रमा समर्पित फुलटाइम फ्याकल्टी हुनुहुन्छ, आफ्नै भौतिक पूर्वाधार छ, ल्याब, पुस्तकालयहरु व्यवस्थित छन्, राष्ट्रिय, अन्तराष्ट्रिय सोध अनुसन्धानमा विद्यार्थीहरुलाई जोड्छौं । व्यवहारिक, जीवनोपयोगी शिक्षा दिन्छौं ।’ इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीका लागि कलेजले सर्वसुलभ शुल्क निर्धारण गरेको छ । कलेज आफैंमा मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकाले विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने रणनीति अपनाइएको छ ।
समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





