

एभरेस्ट स्कुलमा सकियो अन्तरसाँंस्कृतिक कार्यक्रम
एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा अन्तरसाँंस्कृतिक कार्यक्रम भएको छ । नेपाल र जर्मन दुई देशवीचको सम्वन्धलाई अझ मजबुत बनाउने उद्देश्यकासाथ सम्भवतः भक्तपुरमै पहिलो पटक अन्तरसाँंस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा नेपाल र जर्मन दुई देशका विभिन्न साँंस्कृतिक कार्यक्रमहरुको पनि प्रस्तुति गरिएको थियो । नेपाली धिमे नाचलगायत देखाइएको थियो भने जर्मनका विभिन्न नाचहरु पनि एउटै स्टेजमा देखाइएको थियो । दुवै नाच नेपाली विद्यार्थीले देखाएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न स्टलहरु राखेर प्रदर्शन गरिएको थियो । ती स्टलहरुमा नेपाली र जर्मन खानाका विभिन्न परिकारहरुको स्वाद चाख्न सकिने व्यवस्था पनि गरिएको थियो । इच्छुकहरुले पैसा तिरेर त्यहाँं तातोतातो खानाहरु खान सकिने व्यवस्था थियो । साथै त्यहाँं नेपालका विभिन्न खेलहरुको पनि प्रदर्शन गरिएको थिए । साथै जर्मनमा विभिन्न स्टलहरु पनि रहेका थिए ।
कार्यक्रमको उदघाटनको क्रममा नेपाल र जर्मनको राष्टिय गान पनि गाइएको थियो । साथै नेपाल र जमर्नका विभिन्न गीतहरु पनि गाइएको थियो ।
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, स्कुलका जर्मन भाषा शिक्षकलगायतले नेपाल र जर्मनको सम्वन्धकोबारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा चारदेखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागी रहेका थिए ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





