डिआइजी साप, यिनको रमाना कहिले हुन्छ ?

नेपाल प्रहरी मुख्यालयले बारम्बार लिखित पत्र पठाएर ताकेता गरिरहेको हुन्छ कि काजमा रहेकाहरूलाई तुरुन्त दरबन्दीमा पठाउने। यो ताकेता एक पटक होइन, बारम्बार गरिरहेको हुन्छ। त्यति मात्र होइन, संगठन प्रमुख रहेका महानिरीक्षकहरूले पनि बारम्बार मौखिक निर्देशन दिएको सुनिन्छ—काजमा नराख्नू, सबैलाई दरबन्दीमा पठाउनू।
तत्कालीन मात्र होइन, यसअघिका प्रहरी महानिरीक्षक दीपक थापाले पनि काजमा भएकालाई दरबन्दीमा पठाउन पछिल्लो महिना निकै ताकेता गर्न लगाएका थिए। थापा भन्दा अघिका महानिरीक्षक बसन्त कुँवरले त आफ्नो कार्यकालभर काजमा होइन, दरबन्दी पठाउने अभियान नै चलाए र रमाना नगर्ने कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण समेत सोध्न लगाए।
तर पनि शक्ति र पहुँचका भरमा जागिर खाएका र त्यही आडमा बसिरहेकाहरू भने अहिले पनि दरबन्दी एक ठाउँ र कार्यरत अर्को ठाउँमा काजमा बसिरहेका छन्। काजमा मात्र छैनन्, मालदार थाना–चौकीको प्रमुख बनेर अतिरिक्त फाइदा लिइरहेका छन्।मकवानपुर जिल्लामा पनि जिल्ला बाहिर मात्र होइन, प्रदेश नै फरक भएका प्रहरीहरू धेरै कार्यरत छन्। यिनीहरू यहाँ कार्यरत मात्र होइन, मातहतका राम्रो अतिरिक्त कमाइ हुने थाना–चौकी प्रमुख भएर बस्न समेत सफल भएका छन्।बरिष्ठ सई प्रकाश खत्री मधेस प्रदेशको जिल्ला प्रहरी कार्यालय बारा दरबन्दी भए पनि गएका छैनन्, र उनलाई दरबन्दीमा पठाइएको छैन। उनी सई दर्जाका लागि दोस्रो राम्रो र अतिरिक्त कमाइ हुने ठाउँ इप्रका नेवारपानीको प्रमुखको रूपमा कार्यरत छन्।

त्यसैगरी, असई निर्देश राणाको दरबन्दी मधेस प्रदेशकै जिल्ला प्रहरी कार्यालय सर्लाही हो। उनी पनि दरबन्दीमा गएका छैनन् र पठाइएको छैन। उनलाई असई दर्जाका लागि बढी अतिरिक्त कमाइ हुने र लागूऔषधको कारोबार हुने रूटमा रहेको चौकीटोल स्थित चौकीको प्रमुख बनाइएको छ।यसैगरी, बरिष्ठ हवल्दार यम बहादुर खत्रीको दरबन्दी उपत्यका प्रहरी कार्यालय मातहतको सामाखुसी गणमा हो। उनलाई पनि दरबन्दीमा पठाइएको छैन। उनलाई प्रहरी चौकी थाना भर्याङको जिम्मेवारी दिइएको छ।अर्का बरिष्ठ हवल्दार भीम बहादुर भट्टको दरबन्दी पनि जिल प्रहरी कार्यालय तनहुँ हो। तर उनलाई पनि दरबन्दीमा नपठाएर अतिरिक्त कमाइ धेरै हुने ठाउँको रूपमा चिनिएको बसपार्कमा राखिएको छ। यसको अलावा, सहायक हवल्दार विपिन कुशवाहाको दरबन्दी मधेस प्रदेशको मातहत जिल्ला प्रहरी कार्यालय पर्सा हो। उनलाई पनि दरबन्दीमा पठाइएको छैन। उनलाई जिल्ला अदालत मकवानपुरमा खटाइएको छ।यी त केही प्रतिनिधिमूलक नाम मात्र हुन्। यी र यस्ता थुप्रै प्रहरी छन् जो दरबन्दी मकवानपुर नभएर अन्यत्र भए पनि दरबन्दीमा नगई मकवानपुरमै बसेर फाइदा लिइरहेका छन्। जिल्लामा टेन्डर हालेर अतिरिक्त कमाइ हुने ठाउँमा गएर असुली गरिरहेका छन्।
हाल मानवस्रोत विभागका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले लुम्बिनी प्रदेशको प्रहरी प्रमुख हुँदा दरबन्दीमा नजाने र स्रोत–फोरस लगाएर काजमा बस्नेलाई जिल्ला मातहतका कुनै पनि थाना–चौकीको प्रमुख नबनाउने र नदिने नीति अख्तियार गरेका थिए। जसको कारण धेरैले रमाना लिएका थिए। तर यो अवस्था मकवानपुर जिल्लामा भने देखिएको छैन। उल्टो, काजमा बस्नेलाई टेन्डर हालेर थाना–चौकी पठाउने काम भइरहेको छ।
यसतर्फ डिआइजी अरुण यौडेल सरले ध्यान दिए हुने थियो कि?

 

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
202 Shares