

बिर्तामोडमा नागरिक प्रहरी गठन गर्ने निर्णय
बिर्तामोड । विषम परिस्थितिमा सुरक्षाकर्मीको उपस्थिति कम हुने हुँदा चोरी, डकैतीजस्ता आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षाका लागि नागरिक प्रहरी गठन गर्ने निर्णय भएको छ । आफ्नो ठाउँ आफ्नै सुरक्षामा भन्ने नाराका साथ नागरिक प्रहरी गठन गरिएको हो ।
वर्तमान परिस्थितिको लाभ उठाउँदै चोरी डकैतीजस्ता आपराधिक गतिविधि बढ्न नदिन नागरिकस्तरबाट प्रहरी गठन गर्ने निर्णय भएको हो । नेपाली सेनासँग समन्वय गरी काम गर्ने सन्तोष घिमिरेले बताए ।
बिर्तामोडमा प्रारम्भिक चरणमा १ हजारको संख्यामा नागरिक प्रहरी गठन गर्ने निर्णय भएको यसको नेतृत्व गरिरहेका सन्तोष घिमिरेले जानकारी दिए । विमोचन पोख्रेल, खगेन्द्र महतो, आयुष बस्नेत, उमेश राजवंशी र तेजराज कोइराला यसका फोकल पर्सन रहने बताइएको छ । सुरक्षा निकायले पूर्ण रुपमा काम गर्ने अवस्था नबनुन्जेल सम्मका लागि अस्थायी सुरक्षा दिन नागरिक प्रहरी गठन गर्नु परेको उनीहरुले बताएका छन् । नेपालको नक्सासहितको नागरिक प्रहरी लेखिएको भेष्ट लगाएर गस्ती गर्ने उनीहरुले बताए । आम नागरिकलाई नागरिक प्रहरीको रुपमा काम गर्न र टोल टोलमा नागरिक प्रहरी गरेर काम गर्न उनीहरुले आग्रह गरेका छन् ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





