सामग्री फिर्ता नगर्ने व्यक्ति पहिचान गरेर कारबाही थालेका छौं : चितवन प्रहरी
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जेनजी आन्दोलनका क्रममा लिएर गएका सामग्री तत्काल फिर्ता ल्याइदिन अनुरोध गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन प्रहरीको सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भिडियो सन्देश दिँदै तत्कालै आफूले लगेका सामग्री फिर्ता ल्याइदिन अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट आन्दोलनका क्रममा केही सामग्री आवेशमा आएर, केही जोगाउने हेतुले लगेको भए पनि आफैले फिर्ता ल्याइदिन अनुरोध गरेका हुन् ।उनले अहिले अनुरोध गर्दा नल्याएर प्रहरीको अनुसन्धानबाट मान्छे पत्ता लागेर पक्राउ गर्नुपर्दा कानून बमोजिम कारबाही हुने भन्दै आफूसँग भएका सामग्रीहरु प्रहरीलाई बुझाउन अनुरोध गरेका हुन् ।
भिडियो सन्देशमार्फत एसपी पुरीले प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरिसकेको अवस्थामा चितवनको तोडफोड तथा लुटपाटसँग सम्बन्धित कुनै भिडियो वा फोटो भएपनि प्रहरीले पठाउन अनुरोध गरेका छन् ।
उनले प्रहरीले प्राप्त भिडियोहरुको सुक्ष्म अनुसन्धान गरिरहेको र पहिचान भएका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि जानकारी गराएका छन् । चितवनमा पनि प्रहरीको पोशाक खोसेर आन्दोलनकारीले लगेका थिए । प्रहरीको पोशाक कसैसँग भए तत्काल फिर्ता गर्न पनि उनले अनुरोध गरेका छन् ।
त्यसैगरि प्रहरी जिल्लाका ७५ वटै युनिटमा सेवामा खटिएको र चितवनको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको भन्दैै उनले नागरिकलाई ढुक्कले रहन पनि अनुरोध गरेका छन् । चितवनमा आफ्नो टोलको सुरक्षाको लागि नागरिक गस्ती पनि भइरहेको जानकारीमा रहेको उल्लेख गर्दै उनले नजिकको प्रहरीसँग समन्वय गर्न पनि अनुरोध गरे ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



