

गाजामा युद्धविराम गर्ने राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन
विश्व । इजरायलले प्यालेस्टाइनकाे गाजा शहरमा सैन्य आक्रमण बढाइरहेका बेला बिहीवार गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले भिटो प्रयाेग गरेको छ ।
परिषद्का १० निर्वाचित सदस्यले पेश गरेको मस्यौदामा १५ मध्ये १४ सदस्यले समर्थन जनाए । यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औं वार्षिकोत्सवकै दिन भएको हो ।
प्रस्तावमा ‘गाजामा तत्काल, विना शर्त र स्थायी युद्धविराम’, प्यालेस्टिनी लडाकू समूह हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।
अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले यसले हमासलाई फाइदा पुग्ने झुटा कथालाई वैधानिकता दिने बताउनुभयो । अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले आलोचना गरेका छन् ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



