स्वास्थ्यचौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख अजित विकले बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्ने गरिएको बताए ।

जीर्ण भवनमा पानी चुहिएर समस्या भएको छ । तीन वर्षयता बर्खामा त्रिपालमुनि बिरामी राखेर सेवा दिएका छौँ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । त्रिपाल थोत्रो भएकाले यसपालि पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौँ ।”

बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ । भवनमा भएका चार वटा कोठा साँघुरा छन् । यस वर्षदेखि प्रसूति सेवा पनि सुरु गरेको स्वास्थ्यचौकीमा मासिक १५० देखि २०० जनाले सेवा लिने गरेका छन् । निस्कोट स्वास्थ्यचौकीको भवन विसं २०५० मा निर्माण भएको थियो । मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले जग्गाको अभावमा स्वास्थ्यचौकीको भवन निर्माण प्रक्रिया अघि बढाउन नसकेको बताए ।रासस

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
306 Shares