

झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिंदै
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले बताए । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो ।उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन ।
तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ ।आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिए ।‘निमोनिया थियो । उहाँको फोक्सोमा धेरै नै ग्यास पुगेको थियो । हामीले मेसिनकै प्रयोग गरेर त्यो ग्याँस निकाल्यौं,’ डा. राईले भने ।
उनको स्वास्थ्यमा सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउन पनि परिवारकै सल्लाह अनुसार भारत लान लागिएको हो ।डा. राईका अनुसार चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



