चीनमा एकै परिवारका ११ लाई मृत्युदण्डको सजाय

म्यानमारमा स्क्याम सेन्टर केन्द्र सञ्चालन गरेको कसुरमा चिनियाँ अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।चीनको सरकारी सञ्चारमाध्यमका अनुसार परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ। परिवारका अन्य धेरै सदस्यलाई पनि लामो जेल सजाय सुनाइएको छ।
यो चिनियाँ माफिया परिवार म्यानमारको सानो सहर लौक्काई चलाउने चार जनजातिमध्ये एकका लागि काम गर्थ्यो। म्यानमार-चीन सीमानजिकै अवस्थित यो सहर जुवा, लागुपदार्थ र असंख्य स्क्याम सेन्टरको केन्द्र बन्यो।२०२३ मा म्यानमारले यो परिवारविरुद्ध कारबाही गर्दै धेरै सदस्यलाई पक्राउ गरी चिनियाँ अधिकारीलाई सुम्पियो। चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार, उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका ३९ सदस्यविरुद्ध सजाय सुनाएको हो।

Facebook Comments Box
TOP
151 Shares