

हर्क साम्पाङको प्रश्न-वर्तमान सरकार जेनजीको हो कि विदेशी दलालहरुको हो ?

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले वर्तमान अन्तरिम सरकार कसको हो ? भन्दै प्रश्न उठाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैै उनले वर्तमान सरकार पुरानै दलहरुको हो कि, विदेशी दलालहरुको भन्दै प्रश्न गरेको हुन् ।उनले फेसबुकमा लेखेका छन्–‘यो सरकार जेनजीको हो कि पुरानै दलहरुको हो ? कि विदेशी दलालहरुको हो ? लु कमेण्टमा आवोस् त १’
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारको विरोध गर्दै आएका उनले यसअघि पनि विदेशीले बनाएको सरकार कता हरायो ? भन्दै प्रश्न गरेका थिए ।
त्यतिबेला फेसबुकमा उनले लेखेका थिए–‘७४ जनालाई बलिचढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?’भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गसिकेको छ ।तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





