सरकारमा भएकाको बुद्धि नपुग्दा जेनजी युवाको ज्यान गयो : प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन् ।विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । जेनजी युवा आन्दोलनमा ‘नहुनुपर्ने घटना भएको’ भन्दै उनले आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सरकारले सोचेको बताइन् ।
राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि उनीहरुका परिवारलाई मद्दत गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाइन् ।
‘दु:खद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारण यो दुर्घटना भयो,’ शहीद परिवारहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौँ । उहाँहरुको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि गएका थिए । उनले प्रधानमन्त्रीको चाहनाअनुसार दशैंको टीका नलगाएको र शहीद परिवारसँग समय बिताएको बताए । उनले शहीदहरुको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् ।देश अहिले पनि पीडामा रहेको भन्दै प्रधानमन्त्री कार्कीले यस वर्ष टीका लगाइनन् र अरुलाई पनि लगाइदिइनन् । यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले आफूले टीका लगाए पनि अरुलाई लगाइदिएनन् ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



