साँगाको पहिरो हटाइयो,गाडी चल्न थाले

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाका मध्येको साँगामा खसेको पहिरो हटाइएको छ । शनिबार अविरल वर्षासँगै भक्तपुरस्थित साँगाको झोलुङ्गे पुल नजिकै पहिरो खसेपछि सो नाकाबाट आवागमन बन्द गरिएको थियो ।

साँगा हुँदै धुलिखेल र पाँचखालतर्फ जाने साना सवारी साधनलाई पठाउन थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले बताए । धुलिखेलबाट पूर्वतर्फ जाने बीपी राजमार्ग पूर्ण रूपमा बन्द छ ।

१७ गते रातिदेखि परेको अविरल वर्षा काठमाडौँ उपत्यकामा आइतबारबाट रोकिएको छ । कोशी प्रदेशमा भने अझै पानी परिरहेको छ ।

Facebook Comments Box
TOP
361 Shares