दुई जिल्लाका प्रहरी प्रमुखको उदाहरणीय नेतृत्व : संकटको बीचमा पनि बाढी–पहिरो नियन्त्रणमा
काठमाडौं।
यो वर्षको अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम बढ्दा मानवीय क्षति र सम्पत्तिको ठूलो नोक्सानी भयो। तर, दुई जिल्लामा भने यो संकट नियन्त्रणमै रह्यो। कारण थियो— प्रहरीको समयमै गरिएको समन्वय र संवेदनशील नेतृत्व।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी र धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जब निरन्तर वर्षा सुरु भयो, उनीहरूले तत्काल सम्भावित जोखिम क्षेत्रहरू पहिचान गर्दै पूर्वतयारी थाले। वर्षा बढ्दै जाँदा उनीहरू आफैं अग्रपंक्तिमा उत्रिए— बाटो अवरुद्ध भएपछि निरीक्षण गरे, यात्रुलाई सचेत गराए र आवश्यक परे सवारी सञ्चालन रोक्न आदेश पनि दिए।
‘पहिलो प्राथमिकता जीवन हो। गाडी रोक्दा केही असुविधा भयो, तर ज्यान बच्यो,’ एसपी पुरीले भने।
विगतमा हरेक वर्ष पहिरोले मानवीय क्षति पुर्याउँदै आएको चितवन–मुग्लिन सडकखण्ड यसपालि भने सुरक्षित रह्यो।
यस्तै, धादिङ प्रहरीको जिम्मेवारी काठमाडौं नागढुंगादेखि मौवा खोलासम्म फैलिएको छ— पृथ्वी राजमार्गको सबैभन्दा जोखिमपूर्ण भाग। यस क्षेत्रमा पनि धेरै ठाउँमा पहिरो गए, सडक अवरुद्ध भए, तर प्रहरीको सक्रियता र तत्काल समन्वयले ठूलो दुर्घटना हुनबाट बचायो।
‘सुरक्षा सुनिश्चित गर्नु नै हाम्रो कर्तव्य हो। यात्रुहरू सुरक्षित गन्तव्यमा पुगेको देख्दा हाम्रो प्रयास सार्थक लाग्छ,’ एसपी रिजालले बताए।
दुवै जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमार्फत दैनिक अपडेटहरू प्रदान गर्दै यात्रुलाई बाटोको अवस्था र जोखिमबारे सचेत बनाए। केही स्थानमा उनीहरूले माइकिङ गरेर पनि नागरिकलाई सचेत रहने सन्देश दिएका थिए।
सडकमा ट्राफिक व्यवस्थापन र पहिरो पन्छाउने कार्यमा ट्राफिक प्रहरी इन्स्पेक्टर गायत्री शर्मा (चितवन), इप्रका मुग्लिनका इन्स्पेक्टर प्रतिक सिंह, र धादिङ ट्राफिक टोली दिन–रात खटिए। यात्रुहरूको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न उनीहरूले निरन्तर फील्डमा रहे।
यस वर्ष विगतमा जस्तै ठूलो क्षति नभएको तथ्यले देखाएको छ—
चितवन र धादिङ प्रहरीले संकटको घडीमा देखाएको समन्वय, प्रतिबद्धता र जनमुखी दृष्टिकोण प्रहरी सेवाको वास्तविक अर्थ हो।अन्ततः संकटका बेला नेतृत्व र समयमै लिइएको निर्णयले कति ठूलो प्रभाव पार्न सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन्— एसपी गोविन्द पुरी र एसपी भेषराज रिजाल।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.5kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



