

अपराधी गतिविधिमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ
एआईजी दान कार्की : “हामीले धेरै कैदीबन्दीहरूलाई पक्राउ गरिसकेका छौं”
काठमाडौं ।
उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीका अनुसार पछिल्ला दिनमा अपराध नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेसन प्रभावकारी बन्दै गएको छ ।
उनका अनुसार प्रहरीको समन्वित अभियानका क्रममा फरार कैदीबन्दीहरू, अपराधमा संलग्न समूहका सदस्य र शान्ति सुरक्षामा चुनौती सिर्जना गर्ने व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् ।
एआईजी कार्कीले भने,
“हामीले धेरै कैदीबन्दीहरूलाई पक्राउ गरिसकेका छौं । बाँकी फरारहरू पनि चाँडै नियन्त्रणमा आउनेछन् ।”
उनीका अनुसार प्रहरी बल हाल देशभर समन्वित रूपमा अपरेसन सञ्चालनमा रहेको छ । सुरक्षाकर्मीहरूलाई सतर्क र संयमित रहन निर्देशन दिइएको छ भने शान्ति सुरक्षामा नागरिकको विश्वास बढ्ने गरी काम भइरहेको उनले जनाएका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार अपरेसनमा उपत्यकासहित देशका प्रमुख सहरहरूमा तैनाथ विशेष टोली सक्रिय छन् । यसै क्रममा केही हतियार र आपराधिक समूहका सदस्यहरू पनि नियन्त्रणमा आएको बताइएको छ ।
समाज
थप सामाग्री-
आचार्यको ‘आरोह अवरोह’ विमोचन
-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
२१ घण्टा अगाडि
1.4kViews 266 Shares Share on Facebook Share on Twitter पश्चिम नवलपरासीको सुस्ता फेरि एकपटक समाचारको मात्र होइन, राष्ट्रिय संवेदनशीलताको केन्द्रमा…



