अपराधी गतिविधिमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ

एआईजी दान कार्की : “हामीले धेरै कैदीबन्दीहरूलाई पक्राउ गरिसकेका छौं”

काठमाडौं ।
उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीका अनुसार पछिल्ला दिनमा अपराध नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेसन प्रभावकारी बन्दै गएको छ ।
उनका अनुसार प्रहरीको समन्वित अभियानका क्रममा फरार कैदीबन्दीहरू, अपराधमा संलग्न समूहका सदस्य र शान्ति सुरक्षामा चुनौती सिर्जना गर्ने व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् ।

एआईजी कार्कीले भने,

“हामीले धेरै कैदीबन्दीहरूलाई पक्राउ गरिसकेका छौं । बाँकी फरारहरू पनि चाँडै नियन्त्रणमा आउनेछन् ।”

उनीका अनुसार प्रहरी बल हाल देशभर समन्वित रूपमा अपरेसन सञ्चालनमा रहेको छ । सुरक्षाकर्मीहरूलाई सतर्क र संयमित रहन निर्देशन दिइएको छ भने शान्ति सुरक्षामा नागरिकको विश्वास बढ्ने गरी काम भइरहेको उनले जनाएका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार अपरेसनमा उपत्यकासहित देशका प्रमुख सहरहरूमा तैनाथ विशेष टोली सक्रिय छन् । यसै क्रममा केही हतियार र आपराधिक समूहका सदस्यहरू पनि नियन्त्रणमा आएको बताइएको छ ।

 

 

Facebook Comments Box
TOP
358 Shares