बिना अनुमति अनुपस्थित भएकी सशस्त्र प्रहरी इन्सपेक्टर डा. महिमा सिटौला बर्खास्ती प्रक्रियामा

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर डा. महिमा सिटौलालाई बिदा स्वीकृत नगरी साउन १४ गतेदेखि सेवा अनुपस्थित रहँदा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने तयारी गरेको छ।

स्रोतका अनुसार, सचिवस्तरको निर्णयअनुसार सिटौलामाथि ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने’ प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयले उनलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न कारण बताउने अवसर दिएको छ।

गृह प्रशासन विभागले तयार पारेको प्रतिवेदनमा सिटौलाले बिनाबिदा लामो समयसम्म कार्यालयमा हाजिर नभएको र सो सम्बन्धमा कुनै औपचारिक जानकारी नआएको उल्लेख गरिएको छ।

यदि सिटौलाले तोकिएको समयमा सन्तोषजनक स्पष्टीकरण दिन नसके, मन्त्रालयले उनीमाथि औपचारिक बर्खास्ती निर्णय गर्ने तयारी गरेको बताइएको छ।

यसअघि पनि आन्तरिक अनुशासन र कार्यस्थल आचरणका विषयमा सशस्त्र प्रहरी बलमा कडा मापदण्ड लागू हुँदै आएको छ।

 

Facebook Comments Box
TOP
479 Shares