

विश्व दृष्टि दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आँखा स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं ।
विश्व दृष्टि दिवस–२०२५ को अवसरमा बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आँखा स्वास्थ्य शिविर आयोजना गरिएको छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै एआईजी कार्कीले प्रहरी कर्मचारीहरूलाई नियमित स्वास्थ्य परीक्षण र आँखाको हेरचाहमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले प्रहरी सेवामा निरन्तर फिल्डमा खटिनुपर्ने भएकाले दृष्टि स्वास्थ्य अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता स्वास्थ्य शिविरहरूले संगठनका सदस्यहरूको कार्यक्षमता र आत्मविश्वास बढाउने उल्लेख गर्नुभयो।
शिविरमा नेपाल नेत्र अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखासम्बन्धी परीक्षण, परामर्श र औषधि वितरण सेवा प्रदान गरेको थियो। प्रहरी कर्मचारी, परिवारका सदस्य र स्थानीय बासिन्दासहित करिब ३०० जनाले शिविरबाट लाभ उठाएको आयोजकले जनाएको छ।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका विभिन्न शाखा प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबार विश्वभर मनाइन्छ, जसको उद्देश्य दृष्टि संरक्षण र अन्धोपन नियन्त्रणप्रति जनचेतना फैलाउनु हो ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





