विश्व दृष्टि दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आँखा स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं ।
विश्व दृष्टि दिवस–२०२५ को अवसरमा बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आँखा स्वास्थ्य शिविर आयोजना गरिएको छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै एआईजी कार्कीले प्रहरी कर्मचारीहरूलाई नियमित स्वास्थ्य परीक्षण र आँखाको हेरचाहमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले प्रहरी सेवामा निरन्तर फिल्डमा खटिनुपर्ने भएकाले दृष्टि स्वास्थ्य अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता स्वास्थ्य शिविरहरूले संगठनका सदस्यहरूको कार्यक्षमता र आत्मविश्वास बढाउने उल्लेख गर्नुभयो।
शिविरमा नेपाल नेत्र अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखासम्बन्धी परीक्षण, परामर्श र औषधि वितरण सेवा प्रदान गरेको थियो। प्रहरी कर्मचारी, परिवारका सदस्य र स्थानीय बासिन्दासहित करिब ३०० जनाले शिविरबाट लाभ उठाएको आयोजकले जनाएको छ।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका विभिन्न शाखा प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबार विश्वभर मनाइन्छ, जसको उद्देश्य दृष्टि संरक्षण र अन्धोपन नियन्त्रणप्रति जनचेतना फैलाउनु हो ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



