गृहमन्त्रीको जोडबलमा महोत्तरीबाट सिधै पर्सा गणको कमान्ड पाएका एसपी भट्टको मिलेमतोमा धुवाँधार तस्करी !
वीरगंज – २७ असोज । हिन्दु समुदायको महान चाड तिहार (दिपावली) तथा छठ पर्व नजिकिँदै गर्दा पर्सा जिल्लाका सीमाक्षेत्रमा धुवाँधार तस्करी तीव्र भएको छ। सीमामा सुरक्षा र राजस्व छली नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलकै मिलोमतोमा अवैध ओसारपसार भइरहेको स्थानीय स्रोतले आरोप लगाएका छन्।
जिल्लाको पश्चिमी ग्रामीण क्षेत्रस्थित सबैठवा नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको बताइन्छ। सशस्त्र प्रहरी बल गुल्म लहावथकरीका डिएसपी, पोखरियाका डिएसपी र पर्सा गणका एसपी पुरनचन्द्र भट्टकै संलग्नतामा अवैध कारोबार फस्टाएको स्थानीयको आरोप छ।
भारतीय बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट कालिकामाई–२ भेडिहारी निवासी बैला भनिने सत्रोहन साह रौनियारको समूहले लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक वस्तु र बारुदजन्य पटाखा लगायतका सामानहरूको ठूलो मात्रामा तस्करी गर्दै आएको बताइएको छ।
स्थानीयका अनुसार, बैलाको मुख्य पेशा नै तस्करी हो। यिनै तस्करीको अबैध कमाइबाट बैलाले वीरगंज, पोखरिया लगायत ठाउँमा घरजग्गा जोडेर सम्पत्ति आर्जन गरेका छन्। पोखरिया बजारमा मागअनुसार तस्करीका वस्तु आपूर्ति गर्दै आएका बैलाले अहिले दिपावली नजिकिँदै गर्दा तस्करीमा थप तीव्रता ल्याएका छन्।
स्रोतका भनाइअनुसार, उक्त समूहले विगतदेखि नै प्रहरी अधिकारीहरूलाई मोटो रकम बुझाएर ‘लाइन सुरक्षित’ राख्ने गरेको छ। तिहार र छठ पर्वमा पटाखाको माग अत्यधिक हुने र नाफा पनि धेरै हुने भएकाले अहिले तस्करीमा बारुदजन्य पटाखा समेत कपडाको आडमा नेपाल भित्र्याउने धन्दा चलेको छ।
सशस्त्र प्रहरी बल १३ नं. गणका गणपति एसपी पुरनचन्द्र भट्ट भन्सारछली, चोरी तथा तस्करी नियन्त्रणमा असफल देखिएका छन्। उनी साना सामान बरामद गरी देखावटी कारबाही र प्रचारबाजी गर्ने प्रवृत्तिमा रहेको स्थानीयको आरोप छ।
जानकारहरूका अनुसार, तत्कालीन गृहमन्त्री रमेश लेखकको जोडबलमा एसपी भट्ट महोत्तरीको गणबाट पर्सा गणमा इन्चार्ज टु इन्चार्ज सरुवा गराइएका थिए। महोत्तरीमा पाँच महिना मात्र कार्यरत रहे पनि, “त्यहाँको कमाइले नपुगेपछि” उनी पर्सा आएको स्थानीयको भनाइ छ।
स्थानीयहरूका अनुसार, यस अवैध कारोबारमा प्रहरीले आँखा चिम्लिएको मात्र होइन, नजराना लिएर सुरक्षा समेत दिने गरेको आशंका जनाइएको छ।
यसरी सशस्त्र प्रहरीकै मिलेमतोमा सीमाक्षेत्रमा चलिरहेको तस्करीले राज्यको राजस्वमा ठूलो क्षति पुर्याइरहेको छ। स्थानीय बासिन्दाले भने पटाखा तस्करीका कारण आगलागीको जोखिम र जनधनको खतरा बढने भन्दै प्रहरी प्रशासनको कडा निगरानी र तत्काल कारबाहीको माग गरेका छन्।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



