इसराइली सेनाको पुष्टि : बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको हत्या युद्धको सुरूआती महिनामै
तेल अविभ / काठमाडौं ।
इसराइली सेनाले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु युद्धको सुरूआती महिनामै भएको पुष्टि गरेको छ।
इसराइल डिफेन्स फोर्स (IDF) ले सोमबार अबेर राति सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर) मार्फत विज्ञप्ति जारी गर्दै जोशीको हत्या हमासले गरेको जानकारी दिएको हो।
“युद्ध शुरू भएको सुरूआती महिनामै उनको हत्या गरिएको थियो,” आइडिएफले विज्ञप्तिमा उल्लेख गरेको छ।
विपिन जोशीको शव हमासले सोमबार राति इसराइली पक्षलाई हस्तान्तरण गरेको थियो। शव परीक्षणपछि आइडिएफले विज्ञप्ति जारी गर्दै विपिनको मृत्युका सम्बन्धमा प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो।
आइडिएफका अनुसार अर्का इसराइली बन्धक गाय इलुजको भने समयमै उपचार नपाएर मृत्यु भएको देखिएको छ। फोरेन्सिक मेडिसिन केन्द्रले दुबैजनाको मृत्युको परिस्थितिको विस्तृत परीक्षण पूरा गरेपछि अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।
विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी थिए। उनी कृषि तालिमका लागि इसराइल पुगेका थिए। २०८० असोज २० गते हमासको आकस्मिक आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो, जबकि विपिनलाई बन्धक बनाएर गजा पुर्याइएको थियो।
उनको रिहाइका लागि आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले निरन्तर पहल गर्दै आएका थिए। असोज ९ मा उनीहरू अमेरिका पुगेर इसराइली सरकार र अन्तर्राष्ट्रिय समुदायसँग विपिनको रिहाइका लागि सहयोग मागेका थिए।
हमासले युद्धको पहिलो साता विपिनसहित ४८ जना बन्धकको तस्बिर सार्वजनिक गरेको थियो। तीमध्ये हालसम्म २० जना मात्र जीवित अवस्थामा मुक्त भएका छन्।
विपिन जीवित नरहेको पुष्टि सोमबारमात्र इसराइली सेनाले दूतावासमार्फत गरेको हो।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.5kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



