

चितवन राइनोजले भित्र्यायो एकै दिन तीन विदेशी खेलाडी राजु चौधरी
राजु चौधरी
चितवन । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको समय नजिकिँदै गर्दा फ्रेन्चाइज टिमहरुले तयारीलाई तिव्रता दिइरहेका छन् । टिमहरुले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका पनि छन् । यही क्रममा चितवन राइनोजले ट्रफी टुरको अवसरमा एकै दिन तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ । यससँगै चितवन राइनोजले तयारी तीव्र बनाएको छ ।
नारायणघाटस्थित क्याम्पाचौरमा भेला भएका चितवन राइनोजका समर्थकमाझ मंगलबार विहान ९ बजेदेखि नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक गरियो । त्यसअघि चितवन राइनोजले यसपटक आफ्नो प्रचार-प्रसारलाई अझै प्रभावकारी बनाउन तीन जनालाई फेस अफ द राइनोज घोषणा गर्यो, जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ छन् ।
क्याम्पाचौरबाट सुरु भएको ट्रफी टुर भरतपुर परिक्रमा गर्दै सौराहा पुगेसागै राइनोजले सौराहा ड्याम साइडमा एकैपटक तीन विदेशी खेलाडी सार्वजनिक गर्यो । पहिलो संस्करणमा चितवन राइनोजबाटै खेलेका पाकिस्तानका सोहेल तनभिर र इङल्याण्डका रबि बोपारासंगै पहिलोपटक इङल्याण्डका डेविड मलानलाई सार्वजनिक गरेको हो । थप नयाा तीन विदेशी खेलाडी पनि छिट्टै सार्वजनिक गर्ने चितवन राइनोजले जनाएको छ ।
पहिलो संस्करणमा चौथो स्थानमा रहेको चितवन राइनोज यसपटक उपाधि जित्ने होडमा छ । त्यसका लागि टिम व्यवस्थापन सम्पूर्ण हिसाबले तयारीमा अवस्थामा रहेको छ ।
यसपटक नेपाल पि्रमियर लिग आउँदो मंसिर १ गतेदेखि टियु क्रिकेट रंगशाला किर्तिपुरमा हुादैछ । रातिमा खेल हुने संभावना बढी भएकाले यसपटक फ्रेन्चाइज टिमले सोही अनुसार तयारी अघि बढाएका छन् ।
समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१२ घण्टा अगाडि
1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



