गौरी श्रीमान् तपाईंका सहयोगी कस्ता छन् ? थाहा छ तपाईँलाई ?
गत भाद्र २३ र २४ गते जेनजीको आह्वानमा भएको भनिएको प्रदर्शनमा दमन भएको र तत्पश्चातको विध्वंसात्मक गतिवधिको छानविन गर्न गठित पूर्व न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको उच्च स्तरीय छानविन आयोगले आफूलाई प्राप्त काम कारवाहीको थालनी गरिरहेको होला ।
तर, उक्त आयोगलाई प्राप्त जिम्मेवारी अनी दायित्व निष्पक्ष होला ? आयोगको नेतृत्वमा गौरी श्रीमान् हुनुहुन्छ, उहाँका कार्यकलापमाथि शंका गर्ने ठाउँ रहन्न भनेर हुन्छ र ? उक्त आयोगमा रहेर काम कारवाही अघि बढाउने जिम्मेवारी पाएका भनिएका विवादास्पद व्यक्तिको भूमिकालाई कसरी हेर्ने नि ? हुनत त्यत्रो भिमकाय जिम्मेवारी प्राप्त उच्च स्तरिय छानविन आयोगमा खटाइएका, जिम्मेवारी दिइएका सबैको नियत राम्रै हुन्छ भन्ने छैन । तर, प्रथम दृष्टिमै विवादास्पद क्रियाकलापका अनी शंखास्पद गतिविधिमा लाग्ने पात्रलाई त्यस्तो गहनतम जिम्मेवारी सुम्पीँदाको परिणाम आयोगका अध्यक्ष श्रीमान् गौरीबहादुर कार्कीले थाहा पाउनु पर्ने कि नाई ?
नेपाल प्रहरीमा कार्यरत डीएसपी विष्णु प्रसाद सोती अहिले उक्त आयोगमा काजमा खटिएका छन् । काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा रहँदा उक्त कार्यालयमा आफू ठगीएको वा अन्यायमा परेको भन्दै गुनासो वा उजुरी लिएर आउने सेवाग्राहीसँग मोलतोल गरी उठ्तिपुठति धन्दामा सक्रिय देखिएका डीएसपी विष्णु प्रसाद सोतीलाई प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलन लगत्तै कञ्चनपुर सरुवा गरेको भएता पनि उनी काजमा छानविन आयोगमा पुगेका छन् । कसले चलखेल गर्न ? वा, कहाँकहाँ पावर लगाएर उनी त्यहाँ पुगेका हुन् ? त्यस्ता विवादास्पद व्यक्तिबाट हुने काम कारवाहीले न्यायीक आयोगलाई कस्तो असर पार्ला ? अहिलेलाई आशंका मात्रै ।
कस्ता व्यक्ति हुन त डीएसपी सोती ?
चर्चित ओटु सुन काण्डमा संलग्न भएको आरोप खेपेका डीएसपी सोती आर्थिक मामिलामा जहिल्यै पनि कमजोर रहेको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् । उनी कार्यरत प्रहरीका कुनै पनि युनीटमा विवादरहित भएर उनको सरुवा भएको देखिन्न । प्रहरी रेकर्ड अनुसार जहाँ कार्यरत रहँदा पनि आर्थिक गतिविधिमा विवादमा तानिने गर्दा उनको छिटोछिटो सरुवा हुने गरेको देखिन्छ । काठमाडौं परिसरको मुद्दा शाखामा रहँदाको बदमासीको उजुरबाजुर त अख्तियार दूरुपयोग अनुसन्धान आयोगमै पुगिसकेको छ । आफूलाई गैरकानूनी थुनामा राखेको भन्दै पिडीत केदार अर्यालले अख्तियारमा उजुरी नै दर्ता गराएका छन् । उनले आयोगमा दिएको उजुरीमा आफ्नो रमेश कार्कीसँग केही कारोबारको रकम लेनदेन रहेको र उक्त हरहिसाव मिलान गर्न बारम्बार आग्रह गर्दा आलटाल मात्रै गर्ने र आफ्नो रकम तिर्न नपरोस् भन्ने खाँतिर कहिले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो त कहिले प्रहरी परिसरबाट फोन गरेर तर्साउन खोजेको आरोप लगाएका छन् । त्यसै क्रममा परिसरका प्रहरीसँगको सेटीङगमा आफूलाई उल्टै हिरासतमा राखिएको र श्रीमती मार्फत १० लाख असुलेर आफूलाई हिरासतमुक्त गरेको र त्यो सबै कामको नेतृत्व डीएसपी सोतीले गरेको उजुरीमा उल्लेख छ ।
हुन पनि स-साना लेनदेन बाहेकका मुद्दामामिला सोती मुद्दा शाखामा प्रमुख रहेका बेला उनी स्वयम्ले बडो चासो पूर्वक हेर्ने गर्थे भन्ने आरोप स्वयम् परिसरकै प्रहरी अधिकारीले लगाउने गरिरहेका छन् । त्यसका लागि बिचौलीया प्रयोग गरेर हुन्छ कि आफूलाई पिडीत दावी गर्दै निवेदन लिएर आउनेसँग मोलतोल गरेर हुन्छ, त्यो आफैँले चासो राख्ने गरेको त्यहीँ कार्यरत प्रहरीको आरोप छ । एक भुक्तभोगीका अनुसार डीएसपी सोतीले पिडीतसँग कार्यालयमै ढोका थुनेरै डिल गर्थे ।
डीएसपी सोती कस्ता सम्मका नूनको बैगुन गर्ने व्यक्ति हुन भन्ने सहकारी प्रकरणमा मुछिएर हाल कैद जिवन बिताइरहेका एक पूर्व हाकिमसँग मोलतोल नै गर्न पुगेका व्यक्ति हुन् । काठमाडौं प्रहरी परिसर, त्रिपुरेश्वर गणमा आफ्नै हाकिम रहेका ती सहकारी अभियुक्तसँग उक्त मुद्दा मिलाइदिने नाममा एक करोड लिएर पछि मुद्दा मिलाउन नसकेपछि ७ /८ महिना पछि लिएको रकम फिर्ता गर्नु परेको प्रहरी संगठन भित्रै व्यापक छ ।
डीएसपी सोती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीमा कार्यरत रहेका बेला तत्कालिन सीआईवी प्रमुखसँग पनि कुरा मिलाएर त्यो रकम सहकारी अभियोग लागेका आफ्ना पूर्व हाकिमलाई आरोपबाट सफाइँ दिलाउने नाममा ल्याएका थिए । डीएसपी सोतीकै अग्रसरतामा सीआईवीले आफ्ना केही जनशक्ति पोखरा नै पठाएर उक्त सहकारीको ठगी प्रकरणमा हात हालेको थियो । तर, उक्त प्रकरणबाट पूरापूर सफाइँ दिलाउन नसकेपछि लिएको उक्त एक करोड ७ /८ महिनापछि फिर्ता गर्नु परेको थियो । डीएसपी सोतीले डिल गरेको उक्त प्रकरणमा सम्वन्धित पक्षबाट बुझेको मध्ये तत्कालिन सीआईवी प्रमुखलाई उनले के कति बुझाए ? र, त्यसरी बुझाएको रकम मध्ये के कती फिर्ता पाए ? त्यो थप अनुसन्धानकै विषय होला। तर, तत्कालिन सीआईवी प्रमुखले लिएको मध्ये सबै रकम फिर्ता नगरेको गुनासो एकाध ठाउँमा स्वयम् डीएसपी सोतीले नै बकबकाउँदै हिँडेको भन्ने पनि त्यसबेला प्रहरी भित्र गाइँगुइँ चलेको थियो । हाल थुनामै रहेका सहकारी ठगीको आरोप खेपीरहेका पूर्व प्रहरी अधिकारीले आफू बाहिर निस्केपछि आफूलाई गरिएको ठगीको हिसावकिताव गर्ने भन्दै दुबैजनासँग क्रुद्द बनेका बताइन्छ ।
यसरी आफ्नै पिडीत हाकिमसँग मुद्दा मिलाउँछु भनेर डिल गर्ने, आफ्ना अनुसन्धानको जिम्मेवारी प्राप्त विश्वसनिय निकाय सीआईवीकै हाकिमलाई प्रलोभनमा पार्न सक्ने यस्ता आँटीला एवम् विवादास्पद प्रहरी अधिकारीले यत्रो भिमकाय जिम्मेवारी प्राप्त उच्च स्तरिय छानविन आयोगमा प्राप्त जिम्मेवारी कसरी असल नियतले कार्यान्वयन गर्ने गराउने गर्लान् ? प्रश्न तेर्सीएको छ ।
यसै विषयमा डीएसपी सोतीसँग सम्पर्क गर्दा आफू संगठनले खटाएको ठाउँमा कार्यरत रहेको बताउँदै सरुवा भएको कञ्चनपुर नगएको स्वीकार गरे । उनले आफूमाथि लागेका आर्थिक विवादका पाटाहरु गलत भएको दावी पनि गरे । तर उनको दावीमा सत्यता पनि छैन ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



