लैनचौरमा दिउँसै काैडा

काठमाडौं । प्रहरीको ध्यान जेलबाट भागेका कैदी , लुटिएका हतियार देखि फरार अभियुक्त र अन्य शान्तिसुरक्षाको लागि गएको माैका छाेपी अहिले काठमाडौंका विभिन्न ठाउँहरूमा जुवा देखि काैडा खेल्ने खेलाउने काम भैरहेको छ । प्रहरीले सुचना पाए सम्म त्यस्ता अखडाहरूका छापा मार्ने गरेको भए पनि कतिपय ठाउँमा सुचना नपाएको कारण पनि खुलेयाम जुवा अखडाहरू चलिरहेका छन् । यसैक्रममा लैनचौर कपुरधाराकाे मन्दिर नजिकै तिले नाम गरेका एक व्यक्तिले आफ्नो घरमा दिनहुँ काैडा खेलाउदै आएको सुचना प्राप्त भएको छ । उनलेे दिउँसो १ बजेदेखि राति ८/९ बजे सम्म सधै काैडा खेलाउदै आएका छन् ।जहाँ दशाै लाखको काराेवार हुने गरेको समेत खुलेको छ । जबकि कपुरधारामा नै प्रहरी प्रभाग रहेको छ । त्यति भएर पनि तिलेले खुलेयाम काैडा खेलाउदै आएका छन्

Facebook Comments Box
TOP
281 Shares