३२औँ आईजीपीको विदाई नजिकै रहदाँ प्रहरी नेतृत्वमा नयाँ अध्याय : दानबहादुर कार्की बलियो दावेदारका रूपमा
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कात्तिक अन्तिम साता अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा पूरा गरेर विदा हुन लागेका खापुङको छोटो कार्यकाल जेनजी आन्दोलनका कारण चुनौतीपूर्ण रह्यो । उनी भदौ १९ देखि संगठनको नेतृत्वमा आएका थिए, तर पाँचौँ दिनमै देशभरि फैलिएको जेनजी आन्दोलनको सामना गर्नुपर्यो । त्यस क्रममा २२ जनाको ज्यान गएको घटनाले प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो ।
प्रहरी संगठनमा अहिले ७९ हजार ५४१ जनशक्ति कार्यरत छन् । सो फौजको कमाण्ड गर्दै खापुङले दुई महिना सात दिनको कार्यकाल पूरा गरे पनि उनको नाम ‘असफल आईजीपी’को रूपमा सम्झिने आधार बाँकी रह्यो ।
अब ३३औँ प्रहरी महानिरीक्षकको चयन प्रक्रिया सुरु हुँदैछ, जसमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी र शिद्धी बिक्रम शाह मुख्य प्रतिस्पर्धी हुन् ।
कार्की: संकटमा पनि परिणाममुखी नेतृत्व
एआईजी दानबहादुर कार्की प्रहरी संगठनभित्र एक व्यवहारिक, दृढ र कार्यकुशल अधिकारीका रूपमा चिनिन्छन् । जेनजी आन्दोलनपछि मुलुकभरि शान्तिसुरक्षाको चुनौती बढेको बेला उनलाई मन्त्रिपरिषद्को निर्णयअनुसार उपत्यका प्रहरी कार्यालयको प्रमुख बनाइएको थियो । कार्कीले नेतृत्व सम्हालेपछि राजधानीमा स्थिति स्थिर बनाउँदै जनविश्वास पुनःस्थापनामा उल्लेखनीय भूमिका खेलेका छन् ।
डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सफल कमाण्ड गरेका थिए । त्यसअघि काठमाडौँ प्रहरी प्रमुखका रूपमा रहेर उनले भुटानी शरणार्थी प्रकरण जस्तो संवेदनशील मुद्दामा अनुसन्धानको संयोजन र कानूनी प्रक्रिया सुनिश्चित गर्न सहयोग गरेका थिए ।
उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणदेखि उच्च अधिकारीसम्मको संलग्नता उजागर हुँदा प्रहरीले जनविश्वास जितेको थियो । त्यसबेला अनुसन्धान प्रतिवेदन तयार पार्ने जिम्मेवारी तत्कालीन एसएसपी कार्कीले नै सम्हालेका थिए ।
व्यावसायिकता र इमानदारीको प्रतीक
कार्कीको करियरमा कुनै पनि विवाद वा राजनीतिक आचरण जोडिएको देखिँदैन । इमानदार छवि, संयमित व्यवहार र संगठनमाथिको लगावका कारण उनी प्रहरीभित्र ‘प्रोफेशनल अफिसर’का रूपमा परिचित छन् ।
२०५४ चैत १८ मा इन्स्पेक्टरका रूपमा प्रहरी सेवा प्रवेश गरेका उनले हरेक तहमा आफ्नो दक्षता र नेतृत्व क्षमताबाट पहिचान बनाएका छन् ।
प्रहरी संगठनमा हाल ‘मेरिट’ र ‘सिनियारिटी’ दुवैका आधारमा कार्की अग्रस्थानमा छन् । वरीयता सूचीमा पहिलो नम्बरमा रहेका उनले संगठन सुधार, जनसेवा र अनुसन्धान क्षमतामा जोड दिने दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् । अन्य प्रतिस्पर्धीहरू
डा. मनोज कुमार केसी अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुख छन् भने राजन अधिकारी मानवस्रोत विकास विभागमा कार्यरत छन् । अधिकारी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
शिद्धी बिक्रम शाह भने राष्ट्रिय अनुसन्धान विभाग (NID)बाट प्रहरीमा आएका अधिकारी हुन् र सेवा प्रवेशका हिसाबले आफूलाई सिनियर दाबी गर्छन् ।
तर संगठनभित्र ‘फिल्ड एक्सपिरियन्स’, ‘क्राइसिस म्यानेजमेन्ट’ र ‘स्ट्रक्चरल सुधार’का दृष्टिले दानबहादुर कार्की सबैभन्दा तयार र विश्वसनीय उम्मेदवारका रूपमा देखिएका छन् ।
नयाँ आईजीपी : स्थायित्व, सुधार र जनविश्वासको परीक्षा
आईजीपी खापुङको विदाईसँगै नेपाल प्रहरी अब नयाँ दिशातर्फ उन्मुख हुँदैछ । देशभरि पुनःस्थापना भइरहेका प्रहरी कार्यालयहरू, पुनःसंरचना हुँदै गरेको जनसुरक्षा संयन्त्र र नागरिक आस्थाको पुनर्निर्माणका लागि अनुभवी, शान्त र नीतिनिष्ठ नेतृत्वको आवश्यकता छ ।
त्यो नेतृत्वको लागि एआईजी दानबहादुर कार्की सबैभन्दा योग्य र सन्तुलित विकल्पका रूपमा देखिएका छन् ।
तसर्थ :
दानबहादुर कार्कीको नेतृत्वमा प्रहरी संगठनले पारदर्शिता, अनुशासन र आधुनिक प्रशासनिक सुधारतर्फ ठोस प्रगति गर्न सक्ने अपेक्षा गरिएको छ । संकटको बेला निर्णय लिन सक्ने क्षमता, सहकर्मीमाथि विश्वास र जनमाझ जिम्मेवार छवि — यी गुणले उनलाई आगामी आईजीपीका लागि सबल उम्मेदवार बनाएको छ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



