

प्रचण्डको आह्वान : ‘गणतान्त्रिक शक्तिहरू राष्ट्रिय एकताको साझा मोर्चामा आउनुपर्छ’

काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल परिस्थितिमा रहेको भन्दै सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकजुट हुन आह्वान गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले देशले भोगिरहेका समस्या र संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने बताएका छन्।
प्रचण्डले भनेका छन्, “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ।”
उनका अनुसार राष्ट्रले सामना गरिरहेका चुनौती समाधानका लागि देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।
माओवादी केन्द्रका संयोजकले वामपन्थी एकता र साझा आन्दोलनको आवश्यकता औंल्याउँदै भनेका छन्, “संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिहरू राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुनुपर्छ।”
उनले माओवादी धारासहितका सबै वामपन्थीहरूलाई एउटै झन्डामुनि एकताबद्ध हुन पनि हार्दिक अपिल गरेका छन्।
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२२ घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





