अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात
काठमाडौं । ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ ।अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भएको हो । हिमपात भएसँगै बेसक्याम्प पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँमा रमाइरहेका छन् ।
हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । तर, बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन् ।अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
विभागले गण्डकी प्रदेशमा बढि हिमपात हुने प्रक्षेपण गरेको छ । गएरातीदेखि मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भइरहेको छ । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात हुँदा मुक्तिनाथ दर्शनका लागि गएकाहरु दर्शनार्थीहरु प्रभावित भएका छन् ।
तीन–चार इञ्च हिउँ जमेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गरी हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।
मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।
काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । वर्षातका कारण काठमाडौंको मौसम पनि चिसो भएको छ ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



