

सेनाले बर्खास्त गरेका सिपाही प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न
काठमाडौं। जेनजी आन्दोलनमा उदण्ड मच्चाउँदै प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाट गर्ने एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-५ धापासी कृष्ण मन्दिर बस्ने २७ वर्षीय भुवन शाही रहेका छन्।
उनलाई काठमाडौंको मीनभवन सिभिल अस्पताल अगाडिबाट सोमबार बेलुका पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
शाही बानेश्वरस्थित ग्लोबल कलेज तोडफोड, लुटपाट र आगजनीमा संलग्न भएको देखिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए।
प्रहरीले उनी सवार बा.प्र.०२-०५८प ४१८४ नम्बरको मोटरसाइकल, वृत्त गौशालाबाट लुटियएको राइट कन्ट्रोल गियरको हातमा लगाउने एक जोर, ग्लोबल कलेजको ट्रफी, डिएसएलआर क्यामरालगायत सामग्री बरामद गरेको छ।
शाही २०७५ साल नेपाली सेनाबाट बर्खास्तमा परेका सिपाही हुन्।नक्कली चालक अनुमति पत्र पेश गरेर सेवा प्रवेश गरेको आरोपमा सेनाले उनलाई बर्खास्त गरेको थियो। उनी २०७४ सालमा सेनामा भर्ना भएका थिए।सादा पोशाकमा खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेजको आधारमा शाहीलाई पक्राउ गरी नयाँ बानेश्वर वृत्तको जिम्मा लगाइएको छ ।
समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





