

गृहमन्त्री अर्यालमाथि दबाब : मेयर बालेन र भिक्टर पौडेल पनि असन्तुष्ट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई पटक–पटक उनको बिदाईका लागि दबाब दिएका छन्। गृहमन्त्री अर्यालको विकल्प खोज्न प्रधानमन्त्री कार्कीलाई आग्रह गर्दै बालेनले पछिल्ला दिनमा गृह मन्त्रालयको “निष्क्रियता”लाई मुख्य कारण बताएको स्रोत बताउँछ।
यतिमात्र होइन, बालेनका निकट सहयोगी तथा उनका ‘राइट ह्याण्ड’ मानिने भिक्टर पौडेलले समेत अर्यालको राजीनामा माग्दै आफ्नो सर्कलमा अभियान सर्कुलेट गरेका छन्। पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “लेट्स मेक अ ट्रेण्ड गाइज”, जसपछि अर्यालविरुद्धको असन्तुष्टि ट्रेण्ड बन्न थालेको छ।
पूर्व कानुनी सल्लाहकारका रूपमा काठमाडौं महानगरमा कार्यरत रहेका ओमप्रकाश अर्याललाई उनै बालेन साहको सिफारिसमा गृहमन्त्री बनाइएको थियो। तर, मन्त्रालय सम्हालेपछि उनले पुरानो सरकारका प्रमुखहरूविरुद्ध ‘दृढ कार्यवाही’ गर्न नसकेको आरोप बालेन–पौडेल समूहको छ।
सामाजिक सञ्जाल ‘मेन्स रुम (रिलोडेड)’ नामक पेजमा गृहमन्त्री अर्यालको तस्बिरसहित ‘कायर गृहमन्त्री, तुरुन्त राजीनामा दे’ भन्ने क्याप्सन राखिएको छ। सोही पोस्टमा लेखिएको छ —
“तिमीलाई गृहमन्त्री बनाउनका लागि ७५ जनाले बलिदान दिएका होइनन्। ओलीको ढोंगले कुकुरहरूसँग डराउने गृहमन्त्री हामीलाई चाहिँदैन।”
यसैबीच, बालेन साह र भिक्टर पौडेलबीच पछिल्ला गतिविधिले गृहमन्त्री अर्यालको राजनीतिक भविष्य अनिश्चित बनेको विश्लेषकहरूको ठम्याइ छ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





