उपभोक्तामाथि व्यवस्थित ठगी — काब्रा समूहको हदम्याद पार
नेपालको उपभोक्ता बजारमा ठगी अब आकस्मिक होइन, व्यवस्थित र योजनाबद्ध अपराधको रूप लिन थालेको छ। ताजा उदाहरण हो — सुनसरीस्थित काब्रा समूहद्वारा उत्पादन हुने ‘टप बिस्कुट’। उपभोक्ताको विश्वासको नाममा खेलवाड गर्दै ९६ प्याकेट हुनुपर्नेमा ९० प्याकेट मात्र राख्ने, गुणस्तरमा गिरावट ल्याउने, र ‘ISO Food Safety’ जस्ता लोगो देखाएर झुटा दाबी गर्ने कार्य — यो सामान्य गल्ती होइन, यो सोची–विचारी गरेर गरिएको सङ्गठित ठगी हो।
अझ आश्चर्य त तब लाग्छ जब कम्पनीका प्रतिनिधि नै मिडियासँग यस्तो ठगीलाई “सामान्य कुरा” भनेर हाँस्य विषय बनाउँछन्। यस्तो उद्यमशील घमण्डले देखाउँछ — नेपालमा कानुनको भय हराइसकेको छ र नियमनकारी निकायहरू निस्क्रिय छन्।
काब्रा समूह मात्र दोषी होइन, दोषी राज्यका तिनै संयन्त्रहरू पनि हुन् जसले यस्तो अपराध रोक्नुपर्ने थियो — तर रोक्दैनन्। बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मौन छ। गुणस्तर तथा मापदण्ड विभागको निगरानी कागजमै सीमित छ। अनि उपभोक्ता स्वयम् पनि “सामान्य” भन्दै मौन बस्छन्। यही मौनता ठगका लागि साहस बनेको छ।
तर यो सामान्य कुरा होइन।
यो उपभोक्ताको अधिकारमाथि ठाडो हमला हो।
यो संविधानमा लेखिएको मौलिक हकको अवमूल्यन हो।
यो उपभोग्य वस्तुको परिमाण, गुणस्तर र पारदर्शितामाथि गरेको व्यवस्थित अपराध हो।
उपभोक्ता संरक्षण ऐन २०७५ स्पष्ट छ — तौल र परिमाण घटाएर सामान बेच्नेले लाखौं रुपैयाँ जरिवाना र कैद सजाय भोग्नुपर्छ। गुणस्तर विपरीत वस्तु बिक्री गर्नेले पनि त्यस्तै सजाय पाउँछ। भ्रामक विज्ञापन गर्नेले झन् कडा कारबाही भोग्नुपर्ने व्यवस्था छ। काब्रा समूहमाथि यी सबै तीन अपराध लागू हुन्छन्। त्यसैले कानुनी हिसाबले यो केस सामान्य होइन, गम्भीर आर्थिक अपराध हो।
अब प्रश्न छ — सरकारले के गर्छ?
के उपभोक्ताको करबाट तलब खाने निकायहरू फेरि चुप लाग्नेछन्?
के ठूला कम्पनीहरूप्रति राज्य झुक्ने र साना उपभोक्तालाई दबाउने चलन यथावत् रहन्छ?
अब समय आएको छ — कडा कारबाही र सार्वजनिक जवाफदेहीताको।
काब्रा समूहमाथि तुरुन्त अनुगमन गरी उत्पादन रोक्का गर्नुपर्छ। जरिवाना मात्र होइन, इजाजतपत्र नै खारेज गर्न सक्ने दफा लागू गर्नुपर्छ।
साथै, सरकारले बजारमा हुने यस्ता ठगीलाई रोक्न नियमित र आकस्मिक अनुगमन बढाउनुपर्छ। उपभोक्ता चेतना अभियान सञ्चालन गर्नुपर्छ। उपभोक्ताले पनि अब मौन बस्ने होइन, आवाज उठाउनुपर्छ — किनभने मौनता ठगको साथ हो।
नेपालको बजारमा मनपरी, ठगी, र दम्भले शासन गरिरहेकाबेला, काब्रा समूहको टप बिस्कुट प्रकरण एउटा संकेत हो — कि यदि राज्यले अहिले कार्यान्वयनमा कठोरता देखाएन भने, भोलि हरेक घरको भान्सामा ठगी प्रवेश गर्नेछ।
यो उपभोक्तहरुको चेतावनी हो —
कानुन अब शब्दमा होइन, कार्यमा देखियोस्।
ठग अब सुरक्षित होइन, सजायको पात्र बनोस्।
उपभोक्ता अब चुप होइन, सचेत बनोस्।
अब पनि राज्य मौन रह्यो भने, ‘सामान्य कुरा’ भन्दै सुरु भएको ठगीले देशकै कानुनी मर्यादा निल्नेछ।
समाज
थप सामाग्री-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
-
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
-
आईजीपी चन्द्रकुबेर खापुङले भने: कानून कार्यान्वयन गर्न भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक भएन, विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी संरचना नराखे हुन्छ
भदौ २३ को गोलीकाण्ड : ‘गोली चलाऊ’ आदेश आईजीपी खापुङबाटै आएको प्रमाणहरू बलियो बन्दै
१ दिन अगाडि
3.6kViews 410 Shares Share on Facebook Share on Twitter काठमाडौं । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते काठमाडौँको नयाँ…



