३३औँ प्रहरी प्रमुखका लागि दौड : एआइजी दानबहादुर कार्की अग्रस्थानमा
काठमाडौं । कात्तिक २७ पछि रिक्त हुन लाग्ने नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) पदका लागि सुरु भएको प्रतिस्पर्धामा एआइजी दानबहादुर कार्की सबभन्दा बलियो उम्मेदवारका रूपमा अगाडि देखिएका छन्। संगठनभित्रको कार्यक्षमता, संकट व्यवस्थापनमा देखाएको संयम, तथा राजनीतिक दबाबका बीच पनि प्रहरीको मनोबल जोगाउन सफल कार्कीले नेतृत्व क्षमतामा उच्च अंक पाएका छन्।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख छन्। उनी आफ्नो व्यावसायिक अनुशासन, संगठनप्रतिको प्रतिबद्धता र ठोस निर्णय क्षमताका कारण उच्च प्रहरी अधिकारीहरूबीच समेत लोकप्रिय छन्।
प्रहरी स्रोतहरूका अनुसार, कार्कीले गत भदौ २३ को ‘जेनजी आन्दोलन’का समयमा अत्यन्त संवेदनशील परिस्थिति भए पछी आईजिपी चन्द्र कुबेर खापुङको जोडबलमा भदौ २४ गते ११ बजेपछि उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हाल्न पुगेका थिए ।तर एआइजी कार्कीले कमाण्ड सम्हाल्नु अगाडि नै आन्दोलन स्वरुप विध्वंसमा परिणत भै सकेको थियो ।यस्तो कठिन अबस्थामा पनि एआइजी कार्कीले प्रहरी बललाई ज्यानरक्षा र नागरिकको सुरक्षामा केन्द्रित राख्न निर्देशन दिएका थिए। आन्दोलन तीव्र भएको बेला पनि उनले बल प्रयोगभन्दा बढी वार्तामार्फत तनाव न्युनिकरण गर्ने रणनीति अपनाएका थिए। त्यसै कारण ठूलो मानवीय क्षति बढ्नबाट रोकिएको प्रहरी अधिकारीहरू बताउँछन्।
“उनी कठोर आदेश दिनुभन्दा अघि विवेक प्रयोग गर्छन्,” एक वरिष्ठ प्रहरी अधिकारीले भने, “त्यो नै उनलाई अन्य प्रतिस्पर्धीभन्दा फरक बनाउँछ।”
अनुभव र व्यवस्थापन क्षमतामा कार्की अगाडि
कार्कीको प्रहरी सेवाको यात्रा पूर्णतया प्रहरी संगठनभित्रै सुरु भएको हो। २०५४ सालमा प्रहरी निरीक्षकका रूपमा भर्ना भएर उनले देशका दुर्गम जिल्लादेखि राजधानीसम्मको कमाण्ड सम्हाल्दै व्यावहारिक अनुभव जोडेका छन्। उनले असामान्य परिस्थिति, दंगा नियन्त्रण, अपराध अनुसन्धान र कूटनीतिक समन्वयमा पनि दक्षता देखाएका छन्।
संगठनभित्र कार्कीबारे सामान्य धारणा छ— “कठोर तर न्यायपूर्ण अधिकारी।”
शाहमाथि बढुवा र पृष्ठभूमिबारे प्रश्न
यसैबीच, प्रतिस्पर्धी एआइजी सिद्दी बिक्रम शाहको पृष्ठभूमि भने विवादमुक्त छैन। राष्ट्रिय अनुसन्धानबाट ल्याइएका ‘नमस्ते टोली’का सदस्य शाह २०५८ सालमा प्रहरीमा समायोजन भएका थिए। प्रहरी निरीक्षकका रूपमा उनी समायोजित हुँदा तत्कालीन समयमा प्रहरीभित्रको वरीयता प्रणाली उल्ट्याइएको भन्दै त्यसबेला नै असन्तुष्टि थियो।
अनेक बढुवामा शाहको नाम विवादमा आउने गरेको छ। संगठनभित्र उनलाई ‘राजनीतिक समर्थनमा अगाडि बढाइएका अधिकारी’ भनेर हेरिन्छ। विगतमा बढुवा निर्णयका बेला वरीयता मिचिएको भन्ने आरोप पटक–पटक लाग्दै आएको छ।
एक पूर्व प्रहरी अधिकारीका अनुसार, “शाहलाई नेतृत्वमा पुर्याउने हतारले संगठनभित्र वरीयता र परम्परा दुवै भत्किएको थियो। त्यही कारण अहिले पनि प्रहरीभित्र उनको नेतृत्व क्षमताप्रति विश्वास कम छ।”
राजनीतिक प्रभावभन्दा व्यावसायिकता मुख्य मापदण्ड
वर्तमान अन्तरिम सरकारले आइजिपी चयनमा वरीयता, कार्यदक्षता र संगठनभित्रको सन्तुलनलाई आधार बनाउने तयारी गरेको स्रोतले बताएको छ। गत पटकको बढुवामा पनि डिआइजी वरीयतालाई मानेर निर्णय गरिएको थियो।
यदि यसपटक पनि त्यो परम्परा कायम रह्यो भने एआइजी दानबहादुर कार्की नै प्रहरी नेतृत्वमा पुग्ने निश्चितजस्तै देखिएको छ।
‘नमस्ते–सलाम’ विवादको अन्त्यसँगै नयाँ अध्याय
प्रहरीमा २४ वर्षदेखि चल्दै आएको ‘नमस्ते’ (अनुसन्धान मूल) र ‘सलाम’ (जनपद मूल) ब्याचबीचको विवाद पनि यही कमाण्डबाट टुंगिने अनुमान गरिएको छ। कार्कीको नेतृत्व आएपछि वरीयता स्पष्ट हुने र ब्याच–आधारित विभाजन अन्त्य हुने प्रहरी अधिकारीहरूको विश्वास छ।
“प्रहरी संगठनमा फेरि एकपटक व्यावसायिक अनुशासनको पुनःस्थापना हुने आशा हामीले कार्कीमाथि राखेका छौं,” उपत्यकाका एक डिएसपीले भने।
तसर्थ : ३३औँ आइजिपीका लागि सुरु भएको दौडमा एआइजी दानबहादुर कार्की आफ्नो अनुभव, संयम, र संगठनप्रतिको समर्पणका कारण अग्रस्थानमा छन्। यस्तै एआइजी सिद्दी बिक्रम
शाहको बढुवा विवाद र राजनीतिक पृष्ठभूमिले उनको सम्भावना कमजोर बनाएको देखिन्छ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.5kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



