देशमा धेरै रगत बगिसकेको छ, यो मेहनतको पसिना बगाउनुपर्ने समय हो,: एआईजी कार्की

जेनजी आन्दोलनमा क्षति पुर्‍याइएको प्रहरी प्रभाग बुंगमती, भैँसेपाटिकाे पुन:निर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्दै एआईजी दान बहादुर कार्कीले राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउने बताए ।

एआईजी दान कार्कीले शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्न प्रभागको भवन पुन:निर्माण गरी सहयोग पुर्‍याउने स्थानीयको प्रयासको प्रशंसा गरे ।

“अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियो र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यसतर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ”, उनले भने । उनले सार्वजनिक सम्पत्तिको क्षति साह्रै दु:खद् भएको उल्लेख गर्दै क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले दु:खद् घटनाबाट विस्थापित भएको प्रहरी प्रभावलाई पुन:स्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण सभ्य समाज निर्माणका लागि अमूल्य पुन्य काम गरेको बताए ।

Facebook Comments Box
TOP
412 Shares