

‘मोन्था’ चक्रवातको प्रभाव: हेटौँडामा बिहानैदेखि वर्षा
मकवानपुर । बङ्गालको खाडीमा उत्पन्न भएको ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमासमेत देखिन थालेको छ । मोन्थाको प्रभावका कारण बुधबार बिहानैदेखि मकवानपुरसहित बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
हेटौँडामा बिहानैदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण दैनिक जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बङ्गाल हुँदै नेपालतर्फ सरिरहेको छ ।
यसले विशेषगरी बागमती, कोशी, मधेस र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको हो ।विभागका पूर्वानुमान शाखाले आगामी २४ घण्टासम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना जनाएको छ । वर्षासँगै कतिपय ठाउँमा पहिरोको जोखिम पनि बढेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





