

भारी वर्षा र हिमपातको सम्भावना छ, अत्यावश्यक नभइ बाहिर ननिस्कनू : प्राधिकरण
काठमाडौं । देशका विभिन्न स्थानहरूमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । असिनासहितको वर्षा र हिमपात हुन सक्ने भन्दै सरकारी निकायले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान जारी गरेको सूचना अनुसार आगामी २४ घण्टासम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार देशभरका ४४ जिल्लामा उच्च सतर्कता र १० जिल्लामा निरन्तर मौसम जानकारीसहित तयारी अवस्थामा बस्न आग्रह गरिएको छ।
प्राधिकरणले आज बिहानदेखि भोलि बिहानसम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ ।
कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
सर्तक रहनुपर्ने प्रदेश र जिल्लाहरूमा कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा छन् ।
मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही छन् । वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवामा सतर्क रहनुपर्नेछ ।
गण्डकीमा गोरखा, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रुपन्देही, कपिलवस्तु र दाङमा सतर्कता अपनाउन प्राधिकरणको आग्रह छ ।
प्राधिकरणले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा मौसम सम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न भनेको छ ।
सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन तथा आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान प्राधिकरणले भनेको छ ।
प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्नुपर्ने र जोखिम देखिए सुरक्षित स्थानमा सर्नुपर्ने, धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्त्राउन प्राधिकरणले भनेको छ ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



