सुन्धारा कारागारबाट भागेका बन्दी ग्यास गन र गोलीसहित पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको ग्यासगन र गोली लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका १ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरेको हो ।
उनी भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए । उनलाई ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाडौं पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
कात्तिक १३ गते साँझ काठमाडौं महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो। झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो । कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
उनको डेराबाट प्रहरीले ३ थान गोलि पनि बरामद गरेको जनाएको छ । लामालाई थप अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



