निर्वाचन आयोगबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।पार्टीको आधिकारिकता ग्रहण गर्न साम्पाङ आफैँ आयोगमा उपस्थित भएका छन्। साम्पाङ नेतृत्वको यस पार्टीको चुनाव चिह्न ‘माटो’ रहेको छ।पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयं हुन् भने उपाध्यक्षमा देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य छन्।
गत असोज १२ गते आइतबार साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले सबै प्रक्रिया पूरा गरेपछि पार्टीलाई आधिकारिक मान्यता दिउको हो।

Facebook Comments Box
पशुपति परिसरको रहस्यमय विरूपाक्ष : जसलाई कलियुगको अन्त्यसँग जोडिन्छ
८ घण्टा अगाडि

650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरनजिकै रहेको प्राचीन ढुंगाको मूर्ति ‘विरूपाक्ष’ धार्मिक…

TOP
301 Shares