रविसंग मिलेर अर्याल चुनाव लड्दै थिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कानुनी सल्लाहकार रहेको कारण हालको काम चलाउ चुनावी सरकारमा गृहमन्त्री बनेका ओम प्रकाश अर्याल चुनावमा भाग लिने निर्णयमा पुगेका थिए । केपी ओली नेतृत्वको सरकार रहिरहेको भए रूपन्देही जिल्लाको क्षेत्र नम्बर ३ मा उप निर्वाचनको तयारी हुदै थियो र निर्वाचन पक्का थियो । राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन पछि उक्त क्षेत्रमा निर्वाचन हुन लागेको थियो ।
तर भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको आंतककारी लुटपाट र अपराधको श्रृङखलाले गर्दा ओली नेतृत्वको सरकार मात्रै गएन कि संसद विघटन भएर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भए पश्चात् उक्त उप निर्वाचन नगर्ने निर्णय सरकारले गर्याे । रूपन्देही क्षेत्र नम्बर ३ को यो उप निर्वाचनमा ओम प्रकाश अर्याल बालेनको उमेदवारको रूपमा मनोनयन गर्ने अन्तिम तयारीमा जुटेका थिए । यसका लागि उनले पटकपटक उक्त निर्वाचन क्षेत्रमा गएर सरसल्लाह मात्रै गरेका थिएनन् कि त्यतिबेला रूपन्देही कारागारमा सहकारी ठगीमा रहेका ,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई समेत भेट्न पुगेका थिए । उनले आफ्नो चिनजानका सरकारी कर्मचारी देखि आफ्ना नातागोता सम्मलाई भेटेर व्यापक छलफल र सरसल्लाह गरिरहेका थिए । उनलाई सल्लाह दिने सबैले रूपन्देहीमा बालेनको प्रभाव खासै नरहेको र रवि लामिछानेको प्रभाव बढी रहेको कारण राष्ट्रिय स्वतन्त्र पार्टीसंग मिलेर निर्वाचनमा जान सल्लाह दिएका थिए । अर्याल रविको पार्टीसंग मिलेर निर्वाचनमा भाग लिने अन्तिम तयारी गरिरहदा जेनजी आन्दोलन भयो ।
अहिले अर्यालको बालेनसंग नै खटपट शुरू भएको छ ।आफ्नै पूर्व कानूनी सल्लाहकार तथा हालका गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजीनामा अभियान चलाएको खुलेको छ । सामाजिक सञ्जालमा गृहमन्त्री अर्यालविरुद्ध शुरू भएको ’राजीनामा दे’ अभियानका पछाडि बालेन र उनका निकट समूहको संलग्नता रहेको खुलेको हो । फेसबुक समूह “मेन्स रुम (रिलोडेड)” र “रुटिन अफ नेपाल बन्द (आरओएनबी)” लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूमा बालेनका समर्थकहरूले गृहमन्त्री अर्यालको राजीनामाको मागसहित अभियान सञ्चालन गरिरहेका छन्।
‘रिजाइन ओम प्रकाश अर्याल’ शीर्षकमा शुरू गरिएको उक्त अभियानमा आरओएनबी समूहका सञ्चालक भिक्टर पौडेलले “लेट्स मेक अ ट्रेन्ड गाइज” भन्दै ह्यासट्याग अभियान शुरू गरेका छन् । पोस्टहरूमा “कायर गृहमन्त्री तुरुन्त राजीनामा गर”, “केपी ओलीका कुकुरसँग डराउने गृहमन्त्री हामीलाई चाहिँदैन” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्दै गृहमन्त्रीमाथि तीव्र आलोचना गरिएको छ।गृहमन्त्री बनेपछि बालेनको टिमले मन्त्रालयका निर्णयहरूमा असहयोग र निरन्तर दुष्प्रचार गरेको आरोप सार्वजनिक भएको छ । यही विषयलाई सामाजिक अभियन्ता ईः ईः ले हालै सार्वजनिक गर्दै बालेन साहकै टिमले गृहमन्त्री अर्यालमाथि योजनाबद्ध रूपमा अभियान चलाएको भण्डाफोर गरेका छन् ।

Facebook Comments Box
TOP
301 Shares