

कुटपिट गरी पैसा असुल्ने छ जना पक्राउ

संखुवासभा । आपराधिक लाभ (जबरजस्ती असुली) मुद्दामा संलग्न रहेको आरोपमा संखुवासभा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका–६ का ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लब आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम विरेन यसमाली मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले कात्तिक १२ गते राति करिब १० बजे चैनपुरमा डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका–५ निवासी अक्षय चौधरीमाथि सामूहिक रूपमा कुटपिट गरी जबरजस्ती असुली गरेका थिए। चौधरी सवार मोटरसाइकल रोकी चाबी खोस्दै अपशब्द प्रयोग गरेर कुटपिट गरेपछि उनलाई जबरजस्ती पदम बहादुर यसमाली मगरको घरतर्फ लैजाने क्रममा मार्ने धम्की दिँदै भिडियो बनाइ २० लाख रुपैयाँ नबुझाए उक्त भिडियो मिडियामा हालिदिने चेतावनी दिएका थिए।धम्की र डरधम्कीका बिच चौधरीसँग तत्कालै नगद ८१ हजार १४५ रुपैयाँ जबरजस्ती असुल गरिएको प्रहरीले जनाएको छ। बाँकी रकम भोलिपल्ट ल्याउने सर्तमा उनलाई राति करिब ३ बजे मात्र घर फर्कन दिइएको बताइएको छ।उक्त घटनाबारे चौधरीले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले खोजतलासका क्रममा अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी उनीहरूको साथबाट ३८ हजार ४७० रुपैयाँ बरामद गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकामाथि आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…





