कुटपिट गरी पैसा असुल्ने छ जना पक्राउ
संखुवासभा । आपराधिक लाभ (जबरजस्ती असुली) मुद्दामा संलग्न रहेको आरोपमा संखुवासभा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका–६ का ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लब आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम विरेन यसमाली मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले कात्तिक १२ गते राति करिब १० बजे चैनपुरमा डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका–५ निवासी अक्षय चौधरीमाथि सामूहिक रूपमा कुटपिट गरी जबरजस्ती असुली गरेका थिए। चौधरी सवार मोटरसाइकल रोकी चाबी खोस्दै अपशब्द प्रयोग गरेर कुटपिट गरेपछि उनलाई जबरजस्ती पदम बहादुर यसमाली मगरको घरतर्फ लैजाने क्रममा मार्ने धम्की दिँदै भिडियो बनाइ २० लाख रुपैयाँ नबुझाए उक्त भिडियो मिडियामा हालिदिने चेतावनी दिएका थिए।धम्की र डरधम्कीका बिच चौधरीसँग तत्कालै नगद ८१ हजार १४५ रुपैयाँ जबरजस्ती असुल गरिएको प्रहरीले जनाएको छ। बाँकी रकम भोलिपल्ट ल्याउने सर्तमा उनलाई राति करिब ३ बजे मात्र घर फर्कन दिइएको बताइएको छ।उक्त घटनाबारे चौधरीले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले खोजतलासका क्रममा अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी उनीहरूको साथबाट ३८ हजार ४७० रुपैयाँ बरामद गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकामाथि आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



