

नेपाल इन्जिनियरिङ कलेजले समय सापेक्ष शैक्षिक गुणस्तर बृद्धि गर्दै लैजाने
काठमाडौं । मुलुकका लागि दक्ष तथा गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक गुणस्तरलाई अझ बृद्धि गर्दै लैजाने भएको छ । कलेजले इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिबृद्धि गर्दै विद्यार्थीलाई समयसापेक्ष विश्वसँग प्रतिष्पर्धा गर्ने शिक्षा प्रदान गर्ने बताइएको छ ।
सोमबार शैक्षिक सत्र २०२५ का लागि भर्ना भएका विद्यार्थीहरुलाई सञ्चालित शैक्षिक अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले देश र समाजको विकासका लागि चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै आगामी दिनहरुमा विश्वस्तरीय शैक्षिक गुणस्तर कायम गर्दै जाने बताउनु भयो । ‘विगत ३१ वर्षदेखि हामीले जसरी गुणस्तरीय शिक्षालाई प्राथमिकता दिइरहेका छौं, त्यसलाई आउँदा दिनहरुमा अझ बृद्धि गरेर लैजाने अठोट लिएका छौं ।’ कलेजले हालसम्म १८ हजार बढी दक्ष इन्जिनियर उत्पादन गर्न सफल भएको भन्दै प्राचार्य भण्डारीले मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले पनि आफुहरु गुणस्तरीय शिक्षा दिन सफल भएको जिकीर गर्दै भन्नुभयो,‘यो कलेजले गर्ने जुनसुकै आम्दानी यहाँको विद्यार्थी र शिक्षक शिक्षिकाको गुणस्तर सुधार्नकै लागि खर्च हुन्छ ।’
गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण आजको दिनमा देश विदेशमा विभिन्न ओहदामा कलेजका अल्मुनाईहरु पुगेको बताउँदै प्राचार्य भण्डारीले स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई मेहनत गरेर अध्ययन गर्न सुझाब दिनुभयो । स्नातक तहमा पुगेका विद्यार्थीप्रति अभिभावक, शिक्षक, कलेजसँगै देशले समेत अपेक्षा गर्ने भएकोले उज्ववल भविष्य कसरी निर्माण गर्न सकिन्छ त्यसमा केन्द्रीत भएर अध्ययन गर्नुपर्ने प्राचार्य भण्डारीको सुझाब छ । ‘तपाई राम्रो इन्जिनियर बनेर देश र समाजको सेवा गर्न सक्नुहुन्छ । तपाई प्रति परिवारले मात्र हैन, कलेज र देशले पनि अपेक्षा गरेको हुन्छ ।’ कलेजले पढाईसँगै विद्यार्थीमा अन्तरनिहित प्रतिभाहरुलाई उजागर गर्नपनि सहयोग गर्ने बताउँदै प्राचार्य भण्डारीले विद्यार्थीले पनि उत्तिकै मेहनत गर्नुपर्ने बताउनु भयो । कलेजले विद्यार्थीको सिकाईका लागि प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकतामा राख्ने गरेको छ ।
कार्यक्रममा बोल्दै कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले इन्जिनियरिङ र आर्किटेक्चरको पढाई भनेको कला भएको उल्लेख गर्नु भयो । इन्जिनियरिङ र आर्किटेक्चर संसारभर प्रयोग हुने ज्ञान भएको भन्दै सहायक प्राचार्य केसीले कलेजले विद्यार्थीको सिकाईका लागि सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान दिने बताउनु भयो । ‘इन्जिनियरिङ र आर्किटेक्चर भनेको सैद्धान्तिक ज्ञान मात्रहैन यो ब्यवहारिक कला पनि हो । यो संसारभर चल्छ ।’ नेपालमा हालसम्म ७७ हजार इन्जिनियरहरु दर्ता भएको उल्लेख गर्दै उहाँले दक्षिण अमेरिकाको तुलनामा नेपालको विकास गर्नका लागि साँढे ६ लाख इन्जिनियरहरु चाहिने बताउनु भयो । विद्यार्थीलाई अनुशासनमा रहेर आफ्नो करियर प्रति ध्यान दिन अनुरोध गर्दै उहाँले विद्यार्थीको सिकाईका लागि कलेज ब्यवस्थापन, फ्याकल्टी सदैव सकारात्मक रहने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा कलेज सञ्चालक समिति सदस्य प्राध्यापक सावित्री त्रिपाठी, प्रशासन प्रमुख श्रीमा शर्मा, परीक्षा समिति संयोजक सम्झना श्रेष्ठ लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाको महत्व, कलेजले दक्षजनशक्ति उत्पादनमा पुर्याएको योगदानसँगै पाठ्यक्रम र करियरसँग सम्बन्धीत विषयवस्तुहरु प्रकाश पार्नुभएको थियो ।
नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा अध्ययनार्थ करिब ८५ प्रतिशत सिट पुरा भइसकेको कलेजले जनाएको छ । इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरु अझैपनि केही समय भर्ना हुन सक्नेछन् । सिमित सिटहरुमा कलेजले भर्ना लिइरहेको छ । कलेजमा स्नातक तहमा आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन तथा वि.ई. फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना लिइरहेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार, अनुसन्धानका विषयहरुको अनुगमन, मुल्यांकन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले स्थायी अनुमति प्रदान गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित यस कलेज प्रति विद्यार्थीहरुको आकर्षण बढ्दो छ । कलेजले गुणस्तरीय शिक्षालाई कायम राख्दै इन्जिनियरिङ शिक्षामा सबैको पहुँच पुग्न सकोस् भनेर हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





