भैरहवाको होटल निर्वाणामा गोली चल्यो, सुरक्षा गार्ड घाइते
काठमाडौं । भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चल्दा होटलका सुरक्षा गार्ड घाइते भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टाको तिघ्रामा गोली लागेको छ। घाइते परियारलाई राति नै भीम अस्पतालमा उपचार गरी घर पठाइएको छ ।
प्रहरीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।प्रहरी उपरीक्षक क्षेत्रीले अहिले नेपाल र भारतको सीमा क्षेत्र बेलहिया आसपासमा चेकजाँचलाई कडाइ गरेर गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको बताए।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



