भैरहवाको होटल निर्वाणामा गोली चल्यो, सुरक्षा गार्ड घाइते

काठमाडौं । भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चल्दा होटलका सुरक्षा गार्ड घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टाको तिघ्रामा गोली लागेको छ। घाइते परियारलाई राति नै भीम अस्पतालमा उपचार गरी घर पठाइएको छ ।

प्रहरीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।प्रहरी उपरीक्षक क्षेत्रीले अहिले नेपाल र भारतको सीमा क्षेत्र बेलहिया आसपासमा चेकजाँचलाई कडाइ गरेर गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको बताए।

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
454 Shares