

जाँचबुझ आयोगप्रति प्रहरी सशंकित : सिपाहीदेखि आईजीपीसम्म सबै ‘फिल्डमा खटिएको’ जवाफ

आयोगका सदस्य शर्मा भन्छन्– प्रहरीले नाम संकलन गर्दैछौं भनेको छ, कमाण्डर पहिचान गरेर स्थानहदको सूचना दिएका हौं।
काठमाडौं ।
भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति व्यहोरेको नेपाल प्रहरी र उक्त घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगबीच असहजता बढ्दै गएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालयले आन्दोलनका बेला खटिएका प्रहरी कर्मचारीहरूको विवरण दिन आनाकानी गरेपछि आयोगका पदाधिकारीहरू असन्तुष्ट बनेका छन्। आयोगले पटक–पटक जानकारी माग्दा पनि ढिलाइ भएपछि प्रहरीले ‘सकल दर्जा सबै फिल्डमा खटिएका थिए’ भन्ने सामूहिक जवाफ पठाएको छ।
प्रहरी स्रोतका अनुसार, मुख्य कमाण्डरहरूको स्थानहद जारी गरिए पनि अन्य कर्मचारीहरूको नामावली पठाइएन। आयोगलाई पठाइएको पत्रमा सिपाहीदेखि आईजीपीसम्म सबै ‘फिल्डमा खटिएका थिए’ भन्ने उल्लेख गरिएको छ।
आयोगले यसलाई व्यक्तिगत जिम्मेवारीबाट भाग्ने प्रयासका रूपमा लिएको बताइन्छ।
आयोगको चेतावनीपछि प्रहरी सक्रिय
आयोगले आइतबार प्रहरी उच्च अधिकारीहरूविरुद्ध ‘मानहानी मुद्दा’ दायर गर्नेसम्मको चेतावनी दिएको थियो। त्यसपछि मात्र आईजीपी सचिवालयले उपत्यका प्रहरी कार्यालयहरूलाई नामावली आयोगमा बुझाउन सोमबार आदेशपत्र पठाएको हो।
आयोगका प्रवक्ता एवं पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार प्रहरीलाई पटक–पटक सचेत गराइएको छ।
“उहाँहरूले नाम संकलन हुँदैछ भन्नुभएको छ, तर हामीले अझै ती नाम पाएका छैनौं,”
शर्माले भने,
“नाम पाउँदा सोधपुछका तालिका तयार गर्ने हाम्रो योजना थियो। त्यसपछि आयोगले आफ्नै पहलमा सबै कमाण्डरहरूको पहिचान गरेर स्थानहद जारी गरेको हो।”
आयोगको फोकस : आदेश दिने र पालन गर्नेबीच फरक
आयोग स्रोतका अनुसार, २३ र २४ भदौका घटनामा दोषी कमाण्डरहरू पहिचान भइसकेका छन्।
ती दिनका प्रमुख जिम्मेवारहरूले कार्यालय छोडेर हिँड्नु, प्रहरीको मृत्यु, हातहतियार लुटिने घटना लगायतका कारण आयोगले उनीहरूलाई पहिलो चरणमा बयानका लागि बोलाउने तयारी गरेको छ।
“हामीसँग कार्य अवधि सीमित छ। त्यसैले कानूनी र व्यवहारिक प्रक्रियाअनुसार छिटो काम पूरा गर्ने प्रयासमा छौं,”
प्रवक्ता शर्माले भने।
प्रहरी संगठनभित्र भने ‘सबैको नाम दिएपछि सबैमाथि उस्तै कारबाही हुन्छ’ भन्ने डर फैलिएको छ। तर आयोग स्रोतका अनुसार आदेश दिने कमाण्डर र आदेश पालना गर्ने जवानबीच उस्तै व्यवहार नहुने स्पष्ट गरिएको छ।
आईजीपी खापुङ निगरानीमा, राहदानी रोक्का तयारी
आयोगप्रति प्रहरी नेतृत्वको व्यवहारपछि आईजीपी चन्द्रकुवेर खापुङ पनि निगरानीमा रहेको स्रोतले जनाएको छ।
उनी मंसिर २६ गते मध्यरातमा सेवा निवृत्त हुँदैछन्, र सोही रात उनको राहदानी रोक्का गर्ने तयारी आयोगले गरिरहेको बताइएको छ।
यसअघि पनि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको राहदानी सेवा निवृत्त भइसकेपछि रोक्का गरिएको थियो।
अन्ततः
जेन–जी आन्दोलनपछि प्रहरी संगठन र जाँचबुझ आयोगबीचको दूरी अझ बढ्दै गएको देखिन्छ। आयोगले दोषी पहिचान गर्ने प्रक्रियामा तीव्रता ल्याएको छ भने प्रहरी नेतृत्व सामूहिक जवाफमार्फत संस्थाको जिम्मेवारी बाँड्न खोजिरहेको विश्लेषकहरूको ठम्याइ छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





